नेपाल फर्कन ट्राभलडकुमेन्ट लिन दूतावास जाँदा पक्राउ

रामेछाप खबर संवाददाता

सोल ।

नेपाल फर्कनलाई ट्राभल डकुमेन्ट लिन सोलस्थित नेपाली दूताबास गएका एक नेपाली पक्राउ परेका छन् । स्वेच्छाले घर फर्किन लागेका एक अवैधानिक कामदार प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको हो ।

पक्राउ पर्ने कामदार चितवनका ‘ए’ महतो हुन् । उनी ट्राभल डकुमेन्ट लिन दुइ दिनअघि सोलस्थित नेपाली दूताबासमा पुगेका थिए । ट्राभल डकुमेन्ट लिन दूताबासका कर्मचारीले प्रहरी रिपोर्ट लिएर आउनु भन्दै नजिकैको प्रहरी कार्यालय पठाई दिए । उनी सरासर प्रहरी कार्यालय गएर प्रतिबेदन मागे तर प्रहरीले नियन्त्रणमा लिएर अध्यागमन बिभागमा बुझाइ दियो ।

महतोले आउँदो २० तारिख घर जाने टिकट लिएका थिए । ईपीएसबाट आएका उनी अबैधानिक बस्दै आएका थिए । उनले घर फर्किन सबै किनमेल गरिसकेका थिए । पछिल्लो समय अबैधानिक कामदारलाई प्रहरीले पनि पक्राउ गर्ने गरेको छ ।

स्वदेश फर्कन आवश्यक ट्राभल डकुमेन्ट बनाउन दूताबास जाँदा पक्राउ पर्न थालेपछि अबैधानिक बसेर घर फर्किन लागेका कामदारहरुमा अन्योलमा परेका छन् । अध्यागमन बिभागले पक्राउ गरेपछि १० वर्ष र स्वेच्छाले स्वदेश फर्के २ वर्षपछि कोरिया प्रवेश गर्न पाइने प्राबधान छ ।

यसअघि दूताबास परिसरबाटै तमुधि कोरियाका तात्कालीन अध्यक्ष रामकाजी गुरुङ पक्राउ परेपछि नेपाली दूताबासका कर्मचारीहरु बिबादमा परेका थिए ।

महतो पक्राउ पर्नु संयोग मात्र भएको भएको दूताबास श्रोतले जनाएको छ ।