अध्यक्षमा उमेदवारी घोषणा गरेका भिम रावललाई झड्का, १० भोट पनि नआउँने पक्का

रामेछाप खबर संवाददाता

६ मंसिर, काठमाडौं ।

नेकपा एमालेको अध्यक्षमा उमेदवारी घोषणा गरेको भोलीपल्टै एमाले उपाध्यक्ष भिम रावल ठूलो तनावमा परेका छन्। मंसिर १० देखी १२ गते सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा,वर्तमान अध्यक्ष केपी ओलीलाई चुनौती दिँदै रावलले पनि अध्यक्षमा उमेदवारी घोषणा गरेका थिए।

तर भोली पल्टै उनले अप्रीयकर खबर सुन्नु परेको छ। रावलले साँचै आफ्नो उमेदवारीमा टिकेराखे र अन्तिममा मतदान सम्म हुने,अवस्था आयो भने लज्जास्पद पराजय बेहोर्नु पर्ने प्रक्षेपण बाहिर आएको छ। ओली सँग अध्यक्ष प्रतिस्पर्धा गर्ने हो भने रावलले जम्मा १० भोट पनि कटाउँन नसक्ने हिसाब किताब बाहिरिएको छ।

काठमााडौँमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनमा उपाध्यक्ष पदमा सबैभन्दा लोकप्रिय मत ल्याएर विजयी बनेका रावल दशाँै राष्ट्रिय महाधिवशेन सम्म पुग्दा लज्जास्पद पराजयको नजिक पुगेको विश्लेषण गर्न थालिएको छ।

रावलले राजनितिक जीवनकै सबैभन्दा ठूलो भुल गरेको चर्चा पनि सुरु भएको छ। भिम रावलले ओलीलाई चुनौती दिँदै अध्यक्षमा उमेदवारी घोषणा गरे पछि एमाले वृतमा यसले ठूलो हलचल ल्याएको छ।

एमालेका देशभरका नेता कार्यकर्ताहरु अहिले रावलमाथी खनिएका छन्। उमेदवारी फिर्ता लिनुनै उनको लागी स्वस्थकर हुने सुझावहरु पनि आइरहेको छ।

कुनै समय भिम रावल सँग निकै नजिक रहेको काम गरेका सुदुरपश्चिम प्रदेशकै एक चर्चित नेताले ई मिडिया सँग प्रतिक्रिय दिँदै रावलको राजनितीनै समाप्त हुन सक्ने सम्भावना आफुले देखेको बताए।

चुनावमा गएमा रावलले १० भोट पनि ल्याउँने नसक्ने दावी उनले गरेका छन्। कतिपयले भने भिम रावलको उमेदवारीलाई रणनितिक रुपमा पनि व्याख्या गरेका छन्।

अहिले अध्यक्ष भनेर चर्चा गर्दा कम्तीमा उपाध्यक्ष सम्म दिन ओलीलाई तयार पार्न यसो गरिएको भन्नेहरु समेत भेटिएका छन्। भिम रावलको चलाखी उपाध्यक्ष सुरक्षित गर्न अध्यक्ष दावी हुन सक्ने अनुमान पनि गरिएको छ।

तेस्तै, केपी शर्मा ओलीले नेकपा एमालेको दुई पटक पार्टी प्रमुख अध्यक्ष बनेर इतिहास रच्ने भएका छन। एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः उनै दोहोरिने निश्चित भए पछि यो ईतिहाँस रच्ने भएका हुन्।

यस अघि एमालेको अध्यक्षमा माधब नेपाल र मदन भण्डारी मात्र अध्यक्षमा दुई पटक दोहोरिएका थिए। नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए।

तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन्। एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल,झलनाथ खनालले ओलीको कार्यशैलीप्रति विरोध गर्दै पार्टीबाट विद्रोह गरेर नेकपा ९एकीकृत समाजवादी० गठन गरिसकेका छन्। अर्का प्रभावशाली नेता वामदेव गौतमले उपाध्यक्ष पदबाट राजीनामा गरिसकेका छन्।

यस्तो अवस्थामा ओलीलाई टक्कर दिने प्रभावशाली नेता एमालेमा कोही छैनन्। ओलीनिकट नेताहरूले दाबी गरेअनुसार सर्वसम्मत वा चुनाव जे भए पनि ओलीको विकल्प एमालेमा पक्कै छैन।

तर, ओलीसँग प्रतिस्पर्धा गर्ने उद्घोष उपाध्यक्ष भीम रावलले गरेका छन्। पूर्व नेपाल खनाल समूहका नेता रावलले गृह जिल्ला अछामबाट अध्यक्षमा प्रतिपस्र्धा गर्ने उद्घोष गरे पनि तयारी भने गरेका छैनन्।

एमालेभित्र वरिष्ठ उपाध्यक्षका लागि रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको चर्चा हुने गरेको छ। एमाले उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नका लागि आन्तरिक गृहकार्यमा जुटेका छन्।

भुसालनिकट नेताका अनुसार अगामी महाधिवेशनमा सर्वसम्मत हुन नसक्ने दाबी गर्दै अध्यक्षमा भुसालले प्रतिस्पर्धा गर्ने बताउँछन्। यद्यपि, औपचारिक रूपमा भुसालले अझै,अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छैनन्। कतिपयले महासचिव पाउन भुसालले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गर्ने चर्चा चलाएको।आरोपसमेत लगाइरहेका छन्।

ओली पुनः अध्यक्ष हुनुपर्नेमा ओली समूह एक ठाउँमै रहेका छन्। पूर्वमाओवादीबाट एमाले भएका नेताहरूले समेत ओलीकै नेतृत्वमा आफूहरू समेत सर्वसम्मत आउन खोजेका छन्।