३१ वर्षीया महिलाले २० वर्षीय युवकबिरुद्ध दिइन उजुरी, कारण थाहा पाउँदा दंग पर्नुहुन्छ

रामेछाप खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक जना युवक पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २० वर्षीय नितेश दथेपुथेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

नितेशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता, त्रिभुवन विमानस्थलबाट तीन थान सुनको बालासहित दुई जना पक्राउ परेका छन् । मलेसियाबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाएर ल्याइएको सुनको बालासहित शुक्रबार बिहान ११ बजे दुई जना पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-३ का धर्मबहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी नगरपालिका-१० का हरिप्रसाद गिरी छन्।

सुनारको साथबाट सय ग्रामका दुई थान बाला र गिरीको साथबाट पचास ग्रामको एक थान बाला बरामद भएको प्रहरीले जनाएको छ। दुबैलाई कारबाहीको लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।