काठमाडौंको ग्राण्डी अस्पताल नजिकैबाट ५० बर्षिया महिला र २४ बर्षिय पुरुष पक्राउ

जागृति खबर संवाददाता

५ मंसिर, काठमाडौं ।

काठमाडौंको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षिया महिला सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ बर्षिय पुरुष अम्बिर राई रहेका छन्।

उनीहरुलाई काठमाडौंको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सुन कछुवासहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। विशेष सुचनाको आधारमा खटिएकोसशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

जुम्लाको पातारासीमा जीप दुर्घटना अपटेड : एकको मृत्यु

जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटना परेकामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–७ रिनी निवासी ४६ वर्षीया दन्दकली बोहोरा रहेको अपस्तालले जनाएको छ । बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको उपकुलपति डा मङ्गल रावलले जानकारी दिनुभयो ।

यसैगरी दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइतेमध्ये दुई गम्भीर घाइते रहेका प्रतिष्ठानले जनाएको छ । गम्भीर घाइते एक महिला र पुरुषको ठेगानासमेत खुल्न सकेको छैन ।

पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग१झ ५८८४ बलेरो पिकअफ दुर्घटना भएको घटनास्थलबाट फर्किएका सशस्त्र प्रहरी ३३ नं गणका एसपी गगन श्रेष्ठले जानकारी दिनुभयो । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंसमेत पुगेर फर्किनुभएको छ ।

प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी–३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी–३ महरी गाउँका ४९ वर्षीय गोर्ख बुढा, पातारासी–३ माथी लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी–६ जम्नका छ वर्षीय पुस्कर विष्ट र पातारासी–७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा उपकुलपति रावलसहितको चिकित्सकीय टोली खटिएको छ ।