केपी ओलीका कारण महत्वपूर्ण काम अड्किएको भन्दै प्रचण्डको रुवाबासी, केहो यथार्थ ?

जागृति खबर संवाददाता

४ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीका कारण संविधान संशोधन हुन नसकेको बताएका छन्।

महिला बालबालिका, मुस्लिम, मधेसवासीको हक, अधिकार सुनिश्चित गर्ने गरी आफूले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा लगे पनि एमाले अध्यक्ष केपी ओलीले रोकेको उनले बताएका छन्।

रौतहटको कटहरीयमा शनिबार आयोजित आमसभामा उनले केपी ओलीलाई मधेशी जनता विरोधी खलपात्रको रुपमा पनि व्याख्या गरे। उनले भने, ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेशी,

महिला बालबालिका, उत्पिडित समुदाय, आदिवासी जनजातिलगायतलाई अझै अधिकार सम्पन्न बनाउने गरी संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लगेको थिए।

तर, संविधान विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्ष विरोध, मधेसी जनता विरोधी केपी ओलीले रोके।सो अवसरमा उनले नेकपा माओवादी फेरि एक नम्बर पार्टी बन्ने पुरै सम्भावना छन्।

उनले २०६४ सालमा जस्तै गरि यसपटक पनि माओवादी पार्टी एक नम्वर बन्ने उनको भनाइ छ।उनले कार्यक्रममा हाल बन्द रहेको रौतहटस्थित श्रीराम सुगर मिल सञ्चालन गर्न, बकैया बागमति नदी नियन्त्रणका लागि तटबन्ध निर्माणमा पहल गर्ने बताए ।

यस्तै, उखु किसानको समस्या समाधान गर्न पहल गर्नुको साथै मधेशको निसाच समुदायको पहिचानका लागि विशेष, संरक्षित समुदायमा राख्न कोशिश गर्ने पनि बताए ।कार्यक्रममा मुस्मिल समुदायको माग अनुसार मुस्लिम विश्वविद्यालय स्थापनाको लागि पहल गर्ने पनि उनले घोषणा गरे।

यता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले आज आयोजित नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताए ।

‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ’, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए ।

‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्’, उनले भने, ‘तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।’

सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गरेका छन् ।