विक्कीसँगको सम्बन्ध किन लुकाइरहेकी छन् कटरिना ? यस्तो छ डर

रामेछाप खबर संवाददाता

एजेन्सी ।

बलिउड नायिका कटरिना कैफ चलचित्र उद्योगमा आफ्नो सुन्दरताका लागि चर्चित छिन् । उनी सलमान खान र रणवीर कपुरसँगको अफेयरका कारण चर्चामा थिइन् ।

तर, अहिले विक्की कौशलसँगको सम्बन्धका कारण चर्चामा छिन् । साथै यसलाई यो वर्षको ‘ग्राण्ड वेडिङ’ मानिएको छ ।

तर, अनौठो कुरा के भने उनीहरूका तर्फबाट अहिलेसम्म केही पनि कन्फरमेशन आएको छैन । केही रिपोर्टस्ले यसको कारण खोलेका छन् कि आखिर किन कटरिना अहिलेसम्म विक्कीसँग आफ्नो विवाहका बारेमा चुप छिन् ।

वास्तवमा कटरिना कैयौंपटक प्रेममा टुटेकी छन् र उनले आफ्नो असफल सम्बन्धको असर करिअरमा पनि परेको छ ।

कटरिनाको रणवीरसँगको अफेयरको चर्चा जति धेरै चलेको थियो त्यो भन्दा धेरै चर्चा रणवीरसँग उनको अलगावलाई लिएर भएको थियो ।

भनिन्छ त्यसक्रममा कटरिना निकै टुटेकी थिइन्, जसकारण उनको फिल्मी करिअरमा पनि यसको असर देखिएको थियो ।

यद्यपि कटरिनाले यसपछि उनले आफ्नो ट्रयाक समापतिन् । आफ्नो कलाकारिताले सबैलाई ‘इम्प्रेस’ गरिन् । साथै आफ्नो व्यक्तिगत जीवनमा पनि सफलता हासिल गरिन् । अब उनले नयाँ जीवनसाथी चुनेकी छन् र उनलाई उनी गुमाउन चाहँदिनन् ।

यही कारण उनले विक्कीसँगको सम्बन्ध दुनियाँको नजरबाट टाढा राखिरहेको बताइन् । साथै विवाह पहिले यसको खुलासा गर्न उनी डराइरहेकी छन् । यस्तो लाग्छ एकपटक विवाह भइहालोस् त्यसपछि यो विषयमा खुलासा फ्यानहरूमाझ गर्ने सोच बनाएकी छन् ।