२ मंसिर, काठमाडौं ।
कतार जाने नेपालीहरूले अनिवार्य रपमा क्वारेन्टा’इन बस्नु पर्ने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लोपटक सार्वजनिक गरेको जो’खिमयुक्त मुलुकहरूको
सूचीमा नेपाल पनि परेकाले वैदेशिक रोजगारी वा अन्य कामका लागि कतार जाने नेपालीहरूले अनिवार्य रूपमा क्वारेन्टाइन बस्नु पर्ने भएको हो । कतारले नेपालसहित विभिन्न १० मुलुकलाई को’रोना भा’इरसको उच्च जो’खिमको सूचीमा राखेको छ ।
कतारले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इजिप्ट, इन्डोनेसिया, फिलिपिन्स, सुडान र दक्षिण सुडानलाई को’रोनाको उच्च जोखि’मको सूचीमा राखेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
उच्च जोखिमको सूचीमा राखिएका देशबाट आउने नागरिकले कम्तीमा एक हप्ता क्वारे’न्टाइन बस्नु पर्ने गरी नियम बनाइएको समाचारमा जनाइएको छ । कतारमा यो नियम सोमबारदेखि लागू हुने समाचारमा उल्लेख गरिएको छ ।
कतारले विश्वका १ सय ८१ मुलुकहरूलाई कोरो’नाको हरियो सूचीमा राखेको छ । यी देशबाट आउने विदेशी नागरिकका हकमा भने क्वा’रेन्टाइनलगायतको प्रक्रिया पूरा गर्नु नपर्ने जनाइएको छ । हरियो जोनमा रहेकाभन्दा अन्य देशबाट आउनेहरूले अनिवार्य रूपमा १० दिन क्वा’रेन्टाइनमा बस्नु पर्ने समाचारमा जनाइएको छ ।