ओलीसँग अध्यक्षमा जो उठ्छ उसको जमानत जफत हुन्छः लालबाबु पण्डित

रामेछाप खबर संवाददाता

२ मंसिर, काठमाडौं ।

नेकपा एमालेका नेता लालबावु पण्डितले नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट केपी ओलीनै अध्यक्षमा दोहिरिने बताएका छन् ।

एमाले महाधिवेशन विशेषमा कुराकानी गर्दै नेता पण्डितले यस पटकको महाधिवेशनमा ओली सँग अध्यक्ष पदमा कसैको पनि प्रतिष्पर्धा नहुने बताएका छन् । ओलीनै सर्वसम्मत अध्यक्ष चुनिने उनले बताए ।

यदि ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न दिन्न भनेर कसैले प्रतिष्पर्धा गर्न खोज्छ भने उसको जमानत जफत हुने पनि पण्डितले जिकिर गरेका छन् ।

ओलीसँग प्रतिष्पर्धी बन्न सक्ने ल्याकतनै अहिले अरु कसैमा पनि नरहेको उनले बताए ।

म पनि अध्यक्षमा प्रतिष्पर्धा गर्छु भन्नु क्राइट एरिया पुगेका जो कोहीको पनि अधिकारको कुरा हो भन्न पाइन्छ, प्रतिस्पर्धा गर्न पनि पाइन्छ तर जित विल्कुल असम्भव छ पण्डितले भनेका छन् ।

ओली सँग प्रतिष्पर्धा कसैको भयो भने प्रतिष्पर्धानै लजाउँने अवस्था आउँन सक्ने उनले बताए ।

हजारसँग सयको प्रतिष्पर्धा भयो भने के मज्जा भयो र त्यस्तै हुन सक्छ उनले भनेका छन् । अहिले देशनै दुई धु्रवमा बाँडिएको भन्दै उनले एकातिर एमाले र केपी आली अर्को रित पाँच दलीय गठबन्धन भएकाले ओलीकै नेतृत्वमा एमाले एकतावद्ध भएर अघि वढ्ने बताए ।

नेता पण्डीतले एमाले अध्यक्ष ओलीलाई बाघ र गठबन्धनमा रहेका अरु नेतालाई बाँदर सँग तुलना गरेका छन् ।

बाँदरहरु मात्रै हुँदा उफ्रीए पनि बाघ आए पछि जसरी भागाभाग गर्छन त्यसै गरि ओलीको अगाडी अरुको हालत त्यस्तै भएको उनले बताए ।