मानवअधिकारसम्बन्धी संवैधानिक आयोगको थप

जागृति खबर संवाददाता

संविधान र कानूनले दिएको कार्यादेशबमोजिम आयोगबीच साझा विषय पहिचान गर्दै त्यस्ता विषयमा अध्ययन÷अनुसन्धान, वकालत र अनुगमन गर्न साझा संयन्त्र तथा सहकार्य कार्यविधि तयार गर्ने, मानव अधिकारका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वका सवालमा साझा विषयमा सहकार्य गर्ने विज्ञप्तिमा जनाइएको छ ।

सबै आयोगका साझा समस्याको समाधानका लागि सामूहिक वकालत गर्ने, मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि गरेका असल अभ्यासको आदानप्रदान गर्ने, मानव अधिकारका सवालमा सरकारको जवाफदेहिता बढाउन साझा कार्यक्रम तय गर्ने, मौलिक हक तथा नागरिकका आधारभूत अधिकारको सुनिश्चितताका लागि सँगसँगै कार्य गर्ने विषयमा गहन छलफल भएको जनाइएको छ ।

यसका अतिरिक्त आयोगले गरेका सिफारिसको कार्यान्वयनलाई अझ बढी प्रभावकारी बनाउन साझा रणनीति, कार्ययोजना र संयन्त्र बनाउने, समन्वय र सहकार्यका सैद्धान्तिक एवं व्यवहारिक आधारशीला खडा गर्ने, मानव अधिकार, भाषिक, धार्मिक, जातीय, भौगोलिक, क्षेत्रीय, लैङ्गिक न्याय एवं लैङ्गिक संवेदनशीलता र सामाजिक समावेशीतासम्बन्धी बुझाइमा एकरुपता ल्याउने बताइएको छ ।