प्रचण्डको नाममा भोलि बुधबार एक दिन सार्वजनिक बिदा दिने निर्णय (बिज्ञप्ति सहित)

जागृति खबर संवाददाता

कात्तिउक ३०, काठमाडौँ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि सार्वजनिक बिदा हुने भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने भएपछि बुधबार एक दिन सार्वजनिक बिदा नै दिने निर्णय गरेको हो ।

नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाको सूचनामा उल्लेख छ । सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय लिंदा सबैलाई चकित तुल्याएको छ ।

गठबन्धन आवद्ध दलले उपनिर्वाचनमा सहकार्य गर्ने

पाँच दलीय राजनीतिक गठबन्धनले राष्ट्रिय सभा, प्रतिनिधि सभा तथा प्रदेश सभाको आसन्न उपनिर्वाचनमा सहकार्य गर्ने भएको छ । गठबन्धनमा आबद्ध शीर्ष नेताहरूले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनमा राजनीतिक सहकार्य हुने बताएका हुन् ।

जारी विज्ञप्तिमा गठबन्धनको सरकार बनिसकेपछि मुलुक राजनीतिक लिकमा फर्किएको समेत दाबी गरिएको छ । ‘राष्ट्रियता, लोकतन्त्र संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धन सरकारले मूल मन्त्र बनाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चा नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।