माओवादीका शीर्ष नेतामाथि आ’क्र’मण, घटनास्थलमै मृत्यु !

जागृति खबर संवाददाता

काठमाडौ।

माओवादीका शिर्षमाथि आ’क्रमण भएको छ। एक शीर्ष माओवादी नेतासहित २६ ल’डा’कू प्रहरीको कारवाहीमा मा’रि’एका छन्। प्रहरीले थापेको ए’म्बुसमा माओवादीहरु परेको सीएनएनले जनाएको छ।

आइतबार सरकारी अधिकारीले दिएको जानकारी अनुसार शनिबार माओवादी ल’डा’कूहरु मा’रिएका हुन्। नक्साल भनेर चिनिने भूमिगत माओवादी लडाकूले सो क्षेत्रमा आतंकवादलाई प्रश्रय दिँदै आएका थिए।

माओवादीको आ’क्र’म’णमा धेरै सेना तथा प्रहरी महाराष्ट्रमा म’रिसकेका छन्। प्रहरीले पनि माओवादी शैली अपनाएर ए’म्बुस थाप्दा माओवादी ल’डा’कूहरुको मृ’त्यु भएको बताइएको छ।

माओवादी लडाकूले आफूहरुले गरिब तथा उत्पिडितको अधिकारको लागि सरकारसँग लडिरहेको बताउने गरेका छन्। तर माओवादीका कारण सर्वसाधारण आजित भएको बताइन्छ।

महाराष्ट्रका गृहमन्त्री दिलिप भाल्से पाटिल भन्छन्,‘२६ नक्साल जमसम्ये ६ महिला पनि मारिएका छन्। उनीहरु गादचिरोली जिल्लामा मारिएका हुन्।

त्यस्तै उता इक्वेडरको एक जेलभित्र हा’ना’हान हुँदा कम्तीमा ६८ जना बन्दीको मृ’त्यु भएको छ । त्यस्तै, २५ जना घाइते छन् । यसअघि यही जेलमा गत सेप्टेम्बरमा दुई प्रतिस्पर्धी ग्या’ङका सदस्यहरूबीच हा’नाहान हुँदा एक सयभन्दा धेरै बन्दी मा’रि’एका थिए ।

गुआयाक्विल शहरस्थित लिटोरल पेनिटेन्टियरी जेलमा भिडन्त शुक्रबार बिहान भिडन्त सुरु भएको थियो । प्रहरीले जेलभित्र बन्दुक र वि’स्फोटक पदार्थहरू भेटिएको जनाएको छ ।

इक्वेडरमा यस वर्ष धेरै जे’ल’हरुमा भि’ड’न्त भइसकेको छ । त्यसक्रममा झन्डै ३ सय बन्दीहरू मा’रि’एका छन् । गत सेप्टम्बरमा भएको ह’म’ला अहिलेसम्मकै सबैभन्दा खराब थियो ।

यतिबेला एक ग्या’ङ’का सदस्यले अर्को ग्या’ङका सदस्यमाथि ह’मला सुरु भएपछि अवस्था नियन्त्रणमा लिनका लागि जे’लभित्र सयौँ प्रहरी अधिकारीहरू खटाउनुपरेको थियो ।

यता फेरि नेपाल प्रहरी अस्पतालका दुई प्रहरी अधिकृतले जोसमा होस् गुमाउँदा अख्तियार पसेको छ । एकले अर्कालाई असंयम भएर उजुरी दिन लगाउँदा दुबै फसेका छन् । दुबै जनाका भ्रष्ट्राचर÷अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

छानबिनबाट प्रहरी अस्पतालमा अनियमितता नदेखिएको तर अस्पतालमा ‘को सिनियर’ भन्ने आन्तरिक झगडामात्रै देखिएको निष्कर्ष निकालिएको छ । आईजीपी क्षत्रीलाई प्रतिवेदन बुझाउँदै छानविन समितिले भविष्यमा ‘जुँगाको लडाईं’ नहुनेगरी सतर्कता अपनाउन सुझाव दिएको छ ।

अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अनियमित तरिकाले अस्पतालमा स्वास्थ्य सामग्री खरिद गरेको उजुरी परेपछि अख्तियारले छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि आईजीपी थापाले छानविन समिति गठन गरेका हुन् ।

​अख्तियार, गृह मन्त्रालय र आईजीपी सचिवालयमा अस्पतालका दोस्रो वरियतामा रहेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) डा. मिनराज पाठकविरुद्ध पनि उजुरी परेको थियो । प्रहरी अस्पतालका प्रमुख डा. सिंह र डीआईजी डा. मिनराज पाठकको बीचमा सिनियर र जुनियर विवाद छ ।

२०७६ पुसमा डा. सिंहलाई अस्पतालको प्रमुखमा नियुक्त गरिएको थियो । आफूभन्दा जुनियरलाई अस्पताल प्रमुख बनाएकोमा पाठक असन्तुष्ट थिए । पाठक उनीभन्दा वरीयतामा अगाडि थिए । अहिले डा. सिंह र डा. पाठकको छुट्टाछुट्टै समूह छ ।

डा. मिनराज पाठक डिएसपी भएर नेपालगञ्जमा बस्दा त्यहाँको अस्पताल कम्पाउण्डको रुख कानुन विपरित बेचेको उजुरी परेको छ । कोभिड–१९ संक्रमणको महामारीका बेला प्रहरी अस्पताल छाडेर डा. पाठक निजी अस्पतालमा काम गर्न जाने गरेका भनेर पनि उजुरी परेको छ ।

प्रहरी अस्पतालमा काम नगर्ने र महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा काम गरेको आरोप डा. पाठकलाई लागेको छ । ड्युटी नभएको बेला ‘अनकल’मा बस्ने व्यवस्था भएको हुनाले पाठकमाथिको आरोप पनि ‘तर्क संगत’ नभएको छानविन समितिको ठहर छ ।

समितिले अस्पतालमा लेजर मेसिन लगायका स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको निष्कर्ष सहितको छानविन प्रतिवेदन बुझाएको छ । ‘डा। आशाले अस्पतालमा अनियमित तरिकाले मेसिन खरिद गरेको आरोप थियो’,प्रहरी प्रवक्ता कुँवरले रातोपाटीसँग भने, ‘तर,छानविनबाट प्रक्रियागत त्रुटि नदेखिएको समितिले ठहर गरेको छ ।’

पुरानो मेसिन मर्मत नगरेर कमिसनको लोभमा नयाँ किनेको आरोपबारे यसअघि नै अर्को समिति बनेको र सो समितिले प्रतिवेदन पेश नगरेको हुनाले त्यसबारे एआईजी पोखरेलेको समितिले केही बोलेको छैन ।

अस्पतालमा भएको अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानविन गरेको थियो । गृह मन्त्रालय र अख्तियारले छानविनका लागि लेखेर पठाएपछि आईजीपी क्षेत्री दवावमा परेका थिए ।

छानविन समितिले भविष्यमा यस्तो गुनासो नआउने गरी सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयलाई सुझाव दिएको छ ।समितिमा आईजीपीको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा,एसएसपी भीम ढकाल,एसएसपी पूजा सिंह र डीएसपी ज्ञानेन्द्र बस्नेत सदस्य थिए ।