बन्द गराउँदै हिडेका विप्लवका ठूलै नेता पक्राउ, देशभरको जनजीवन प्रभावित

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० कात्तिक ।

बन्द गराउँदै हिडेका विप्लवका दर्जनौँ कार्यकर्ता पक्राउ परेका छन्। एकाबिहानै बन्दका क्रममा नेकपाका केन्द्रीय सदस्य मोहन चन्द (आधार) सहित देशभर दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।

काठमाडौँको महाराजगंजबाट युवा संगठनकी केन्द्रीय महासचिव विदुसीसहित आधा दर्जन नेता पक्राउ परेका छन् । सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामग्रीमा निरन्तर र अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आज एक दिन नेपाल बन्द घोषणा गरेको थियो।

यसको प्रभाव देशभर परेको छ। नेकपाले आह्वान गरेको नेपाल बन्दमा काठमाडौं लगायतका मुख्य शहरमा यातायात कलकारखाना विद्यालय सबै ठप्प छन। आज बिहानै देखि लामो तथा छोटो दुरीका यातायात हरु पुर्णतः बन्द भएको छन्।

यस्तै बन्दकर्ता एकाबिहानै चोकचोकमा भेला भयर मुल्यबृद्धी बिरुद्ध नाराबाजी गरिरहेका छन्। बन्दका क्रममा सरकारले व्यापक दमन गरेको छ। सरकारले भने बन्दअघि आयोजना गरिएका आन्दोलनहरूमा दमन गरेर व्यापक गिरफ्तारी र आतङ्क मच्चाएको छ।

बन्दको प्रचार र जनजागरणका लागि आयोजना गरिएको चक्काजाममा हस्तक्षेप गरी सरकारले कयौँ आन्दोलनकारीलाई गिरफ्तार गरेर आफ्नो अलोकतान्त्रिक चरित्र सार्वजनिक गरेको छ। सरकारी दमन र आतङ्कको सर्वत्र आलोचना भएको छ।

नेकपाले मूल्यवृद्धिविरुद्ध नेपाल बन्दलगायत आन्दोलनमा होमिन र मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी राख्न आह्वान पनि गरेको छ। सरकारले एक महिनाभित्रै पेट्रोलियम पदार्थमा ९ पटक र एलपी ग्याँसमा ४ पटकसम्म मूल्यवृद्धि गरेर उपभोक्ताको ढाड सेकेको छ।

सरकारी निर्णयले आमनागरिक आक्रोशित बनेका छन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमोलगायत संसद्वादी दलको नेतृत्व र समर्थनमा शेरबहादुर देउवा नेतृत्वमा बनेको,

‘काङ्माले’ सरकारले जनता उठ्नै नसक्ने गरी सबै क्षेत्रमा मूल्यवृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेकपाले जनाएको छ।सरकारले पछिल्लोपटक पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ ९हवाई इन्धनमा ५ रुपैयाँ० र खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

यो मूल्यवृद्धिले सम्पूर्ण क्षेत्रमा मूल्यवृद्धि हुने तथा जनताको क्रयशक्ति घट्ने र मुद्रास्फीति झनै बढ्ने भएकाले मूल्यवृद्धिविरुद्ध आह्वान गरिएको नेपाल बन्दलगायत आन्दोलनका कार्यक्रम सफल पार्न नेकपाले आमजनसमुदायलाई आह्वान गरेको छ।

सरकारले बढाएको मूल्य फिर्ता नलिएसम्म सङ्घर्ष जारी राख्न पनि नेकपाले आह्वान गरेको थियो। सरकारी दमन र आतङ्कको सर्वत्र आलोचना भएको छ। यो बन्दपर्ती धेरै मानिसहरुले मौन समर्थन जनाएका छन्।

सरकारले गरेको मूल्य बृद्धि विरुद्धमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आयोजना गरेको छ। बन्दले विहानैदेखि चल्ने स्कुल, कलेज, कलकारखाना बन्द छन्।

छोटो तथा लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधानहरु संचालन भएका छैनन्। विहान ७ बजेसम्म त्यस्ता कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ।

घोषित नेपाल बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायत सबैलाई नेकपाले आह्वान गरेको थियो। पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा भएको मूल्यवृद्धिको बिरोधमा नेपाल बन्द घोषणा गरिएको हो।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघ÷संस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन्। विभागद्वारा जारी पत्रमा भनिएको छ, ‘सरकारले हालै महिना दिनभित्र ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘डिजेल, पेट्रोल, हवाइ इन्धन, ग्यास तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आमसर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–वुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड सेक्ने निश्चित छ।

सरकारको गैरजिम्मेवार, जनविरोधी र ज्यादतीपूर्ण नीति तथा कार्यविरुद्ध आमजनताको आक्रोश र भावनाको प्रतिनिधित्व गर्दै विभिन्न आन्दोलनसहित भोलि नेपाल बन्दको घोषणा गरिएको विप्लव माओवादीले स्पष्ट पारेको छ। नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो,’ उनले भनेका छन्।

आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व भएको समेत उल्लेख गरिएको छ।

नेपाल बन्दमा बन्दको अबज्ञा गर्नेलाई कडा कारवाही गरिने नेकपाले जनाएको छ। विहानदेखि बेलुका ५ बजेसम्म सार्वजनिक, निजी गाडि चलाउन रोक लगाइएको छ। यस्तो अवस्थामा गाडि चलाएको पाइए जलाउने बताइएको छ। इमान्दार मेडिया बाट