कतारको उच्च जो’खिम सूचीमा कतार जानेले फेरि क्वारेन्टाइन बस्नुपर्ने

रामेछाप खबर संवाददाता

कतार, २९ कात्तिक ।

वैदेशिक रोजगारी र अन्य कामका लागि कतार जाने नेपाली पुनः क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । कतारले नेपालसहित १० मुलुकलाई कोरोना भाइरस (कोभिड–१९)को उच्च जो’खिम सूचीमा राखेपछि क्वारेन्टिन बस्नुपर्ने भएको हो । कतारको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेकोे जो’खिमयुक्त मुलुकको सूचीमा नेपाल पनि परेको छ ।

सूचीमा नेपालसहित दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, इजिप्ट, इण्डोनेशिया, फिलिपिन्स, सुडान र दक्षिण सुडान परेका छन् । कतारको पत्रिका द पेनन्सुला कतारले आगामी सोमबारदेखि नयाँ व्यवस्था लागू हुने बताएको छ । सोमबारपछि कतार आउनेले कम्तीमा एक हप्ता क्वारेन्टिन बस्नु पर्ने छ ।

कोरोनाविरुद्धको खोप, पीसीआर परीक्षणको व्यवस्था पहिलेकै नियम अनुसार हुने बताइएको छ । कतारले विश्वका १ सय ८१ मुलुकहरु खत’रारहीत अर्थात हरियो सूचीमा राखेको छ । उक्त सूचीमा रहेका मुलुकहरुबाट कतार आउने नागरिकहरुलाई क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नु नपर्ने बताइएको छ । यसैगरी २१ मुलुक भनें रातो सूचीमा परेका छन् । रातो सूचीमा परेका देशबाट आउनेहरुले भने क्वारेन्टिन लगायतको बढी प्रक्रिया पूरा गर्नुपर्छ ।

उता बहराइनले आइतबार रातिदेखि लागू हुने गरी नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेको छ । बहराइनले नेपाललाई रातो सूचीबाट हटाउने निर्णय गरेसँगै विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त खोपको दुबै डोज लगाइसकेकाहरुलाई बहराइन प्रवेश पश्चात १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्रावधान हटेको छ । यात्रुहरुले क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने छ ।

खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकाहरुले भने आफू बस्ने निवास वा बहराइनको स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्थानमा क्वारेन्टिन बस्नुपर्ने बताइएको छ । यो खबर मध्यान्ह दैनिकको लागी विनोद थापा मगरले कतार बाट लेखेका हुन् ।