दुबईबाट मलद्व’रमा सुन राखेर आएका यी ब्यक्ती त्रिभुवन विमानस्थलमा पक्रा’उ !

जागृति खबर संवाददाता

काठमाडौँ :

मलद्वा’रमा लुकाएर सुन तस्क’री गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जु’हेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्र’णमा लिएको हो ।

प्रहरी र भन्सारको संयोजनमा उनको मल’द्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ । ‘म’लद्वारमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला

एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले भने ।

बाँस्तोलाले थपे, ‘सुन अन्दा’जी आधा किलो हो । प्लास्टि’कसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।
दुबई पुगिसकेकालाई हुनेभयो यस्तो फाइदा, तलब देखी भिसासम्म !

दुबई युएई सरकारको महत्वाकांक्षी दुबई एक्स्पो २०२० सुरु भईसकेको छ । एक्स्पो २०२० दुबईको पहिलो १० दिनमा ४ लाख भन्दा बढीले अवलोकन गरिसकेको दुबईले जनाएको थियो।

कोरोनाको कारण केही ढिला भए पनि युएईले आफ्नो मेघा प्रोजेक्ट एक्स्पोको भब्य सुभारम्भ गरेको छ । एक्स्पो संगै युएई को अर्थतन्त्र युरोप र अमेरिकी अर्थतन्त्र बराबर भएको र अब बाकी सबै ब्यवस्थाहरु त्यही अनुरुप लैजाने योजना रहेको बताइन्छ ।

एक्स्पो सुभारम्भ संगै युएई सरकारले बिदेशी कामदार तथा नागरिकको लागि अफरै अफर ल्याएको छ । युरोपको दाजोमा लग्दै गरेको दुबईले कामदारको तलब वृद्धि देखि मल्टिपल भिसा सम्मको अवसर ल्याएको हो ।

यूएई सरकारले ५ वर्षे ‘मल्टिपल इन्ट्री भिसा’को आवेदन लिन सुरु गरेको छ । यूएई सरकारले सबै देशका नागरिकका लागि ५ वर्षे बहु–प्रवेश पर्यटन भिसा खुल्ला गरेको हो ।

पाँच वर्ष भिसा अवधि रहने र पर्यटकलाई आफ्नै प्रयोगमा धेरै पटकसम्म प्रवेश गर्न पाइने र प्रत्येक बसाइमा यूएई भित्र ९० दिनसम्म रहन सक्ने बताइएको छ । सो भिसालाई अर्को ९० दिन समयअवधि थप्न सकिने बताइएको छ । यस्तो भिसाको आवेदनको लागि आवेदकले संघिय प्राधिकरणमार्फत ६ सय ५० दिराम ति’र्नुपर्ने छ।