थाइल्याण्डबाट आयो वर्षमान पुनबारे यस्तो खबर, माओवादी कार्यकर्ता निरास

जागृति खबर संवाददाता

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री वर्षमान पुन अनन्त उपचारका लागि थाइल्याण्ड गएको महिना दिन पुगेको छ। एक महिनामा उनको स्वास्थ्यमा सुधार भएको छ।

थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचारारत नेता पुनको पछिल्लो पटक गरिएको शरीरको पूर्ण जाँच होल बडी चेकअपका क्रममा सवै रिपोर्टहरु सकारात्मक देखिएको चिकित्सकलाई उदृत गर्दै पूर्वसभामुख तथा नेता पुन पत्नी ओनसरी घर्तीले बताइन् ।

हिजो गरिएको परिक्षणका सवै रिपोर्टहरू राम्रो देखिएको तर बिलरूविनको मात्रा भने बढ्ने घट्ने भइरहेकाले केही समय चिकित्सकको निगरानीमा उपचार गराउन सल्लाह दिनुभएको रहेछ,

घर्तिलाई उदृढ गर्दै नेता पुनका पूर्वस्वकीय सचिव समेत रहेका दुर्गा चापागाँइले भने, ‘बिलरूविनको मात्रा थप केही घटेर स्वास्थ्य स्थिर हुने वित्तिकै उहाँ नेपाल फर्कनुहुनेछ।

उपचारमा संलग्न चिकित्सक नाथाभूत सिरिमोन्थापोनका अनुसार नेता पुनको अहिलेको अवस्था पूर्णतः खतरामुक्त रहेको चापागाँइले जानकारी दिए। बंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए।

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्रण्डी अस्पतालमा परिक्षण गराएका नेता पुन चिकित्सकहरूको परामर्श र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहामा बैंकक गएका हुन्।

यस अघि जण्डिसकै कारण स्वास्थ्य अवस्था निक्कै गम्भीरर भएका बेला नेता पुनको सोही अस्पतालमा उपचार भएको थियो। उनी नेपालका ग्राण्डी लगायतका अस्पताल र भारतको एपोलो अस्पतालमा समेत उपचार गराउँदा निको नभएपछि बैंकक गएका थिए।

उपचार पछि निरन्तर फलोअपमा नगएको र दैनिक औषधी सेवन समेत नगरेका कारण नेता पुनलाई जण्डिस दोहोरिएको हो । त्यसपछि उनलाई उपचारका लागि बैंकक लगिएको हो।

तेस्तै, चर्चित माओवादीका पूर्वनेता बालकृष्ण ढुंगेललाई एमालेमा चिठ्ठा परेको छ। माओवादी परित्याग गरी नेकपा एमाले प्रबेश गरेका उनले एमालेमा बाजी मारेका हुन्।

द्धन्द्धकालीन मुद्दाका कारण सर्वस्वसहित जन्मकैदको सजाय खेपेर चर्चामा आएका तत्कालीन माओवादी नेता तथा संविधानसभा सदस्य बालकृष्ण ढुंगेल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल दशौं महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।ओखलढुंगा जिल्लाबाट २०६४ सालमा संविधानसभा सदस्य,

निर्वाचित भएका ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन्। ढुंगेल गत वर्ष नेकपा विभाजन भएपछि प्रचण्डलाई छाडेर केपी ओली पक्षमा उभिएका थिए । प्रचण्डले जनयुद्धलाई आफ्नो र परिवारको स्वार्थसिद्ध गर्ने,

भर्याङ बनाएको र कार्यकर्तालाई मुद्दामा फसाएर आफू प्रधानमन्त्री बनेको भन्दै ढुंगेलले विद्रोह गरेका हुन् । उनले ओखलढुंगाबाट निर्वाचित जनप्रतिनिधिसहित कार्यकर्ताहरु समेत माओवादीबाट एमालेमा लिएर गएका थिए।

ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही, घनश्याम कोइराला, हिमवहादुर क्षेत्री, तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

यस्तै, नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला कन्चनले सरकारले बैधानिक रुपमा जनतामाथि लुट मच्याएकोले नेपाल बन्द गर्न बाध्य भएको ठोकुवा गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीद्वारा शनिबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोलाले यस्तो ठोकुवा गरेका हुन्।

नेता बास्तोलाले ४७ रुपैयाँमा आयात गरिने पेट्रोल रु १३६ मा बिक्री गरेको बताउँदै विज्ञका अनुसार सबै कर कट्टा गर्दा पनि मुनाफासहित पेट्रोल रु. ७० मा बिक्री गर्न सकिने दावी गरे।

उनले दैनिक रुपमा असुल गरिने यो सरकारी लुट कुन प्रयोजनमा लगानी गरिन्छ ? भन्ने प्रश्न गर्दै सरकारले गरेको यस्तो वैधानिक लुटविरुद्ध आमजनता एकजुट भएर संघर्षमा उत्रनु पर्ने बताए।

नेता बास्तोलाले नेपालबाट २० प्रतिशत भन्दा बढी पेट्रोलियम पदार्थ भारत चुहावट हुने गरेको बताउँदै यस्तो चुहावट रोक्न र नेपाल आयल निगमको मनपरी खर्च र भ्रष्टाचारजन्य कार्य तत्काल रोक्नुपर्ने बताए।

उनले अहिलेको व्यवस्था नै भ्रष्ट भएकोले यस्ता तमाम भ्रष्टाचार र अनियमितता भएको ठोकुवा गर्दै यी सबै समस्याको समाधानको लागि वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए।

नेता बास्तोलाले देश र जनतालाई वर्तमान राजनीतिक संकटबाट पार लगाउन जनमतसंग्रह आवश्यक भएको र त्यसको लागि तत्काल प्रगतिशील संयुक्त सरकार गठन गरेर अगाडी बढ्नुको विकल्प नभएको ठोकुवा समेत गरे।

एक फरक प्रसंगमा नेता कन्चनले दलाल संसदीय व्यवस्थामा शक्ति पृथकिकरणको सिद्धान्त लागु नभएकाले सर्वोच्च अदालतमा समस्या उत्पन्न भएको बताए।

‘व्यवस्थापिका, न्यायापालिकामा कार्यपालिका हावि भएकाले अदालतमा समस्या आएको हो। उनले भने, ‘यो समस्याको समाधान दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना पछि मात्र हुने छ।

उनले यो व्यवस्थामा कसैले पनि न्याया नपाउने ठोकुवा गर्दै आर्थिक पेल्न सक्नेले मा न्याया पाउने बताए। सबैले न्याया पाउन वैज्ञानिक समाजवाद कुर्न पर्ने बताए। इमान्दार मेडिया बाट