एमसीसी पास गराउन अमेरिकी विदेशमन्त्री नेपाल आउँदै, जनता आक्रोशित

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी बुधबार नेपाल भ्रमणका लागि आउने भएका छन्। अमेरिकी राज्य विभागले दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने शनिबार जानकारी दिएको हो।

काठमाडौंमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्ष नेताहरुलाई भेट्ने समेत विभागले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनले त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेट्ने छन्।

त्यहाँबाट उनी काठमाडौं आउन लागेका हुन्। अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई नेपाल पठाउन लागेको हो।

नाम नबताउने सर्तमा उनले भने, काठमाडौँ पुगेपछि उनले यमसीसी संसदबाट अनुमोदन गराउने ललिपप देखाउने र नमाने चेतावनि सहित कदम चल्ने बुझिएको छ।

अमेरिकाले जस्ताको तस्तै एमसीसी संसदबाट अनुमोदन गराउने प्रयास भए जनताले टुलुटुलु हेरेर नबस्ने र आन्दोलनको आधिभेरी सिर्जना गरि तह लगाउने नागरिक समाजले जानेको छ।

यो पनि ,सडक अलपत्र पारेको भन्दै मन्त्री, सचिव र डिजीको फोटो सवारीमा टाँसेर विरोध: लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट खण्ड ठेक्का लगाएर वर्षौँदेखि अलपत्र पारेको भन्दै जिल्लावासीले विरोध गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव र सडक विभागका महानिर्देशकको तस्बिर सार्वजनिक सवारीमा टाँसेर जिल्लावासीले विरोध जनाएका हुन्।

मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटो सार्वजनिक सवारीसाधनमा टाँसेर विरोध प्रदर्शन गरेका छन्।

देशमा कानुन नै नभए जसरी वर्षौंदेखि सडक अलपत्र पारेर नागरिकलाई सास्ती दिइएको मुडे–चरिकोट सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए।

नागरिकले वर्षौँदेखि सास्ती खेप्दासमेत राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरू कानमा तेल हालेर बस्दा सडक अलपत्र पारेकाले उनीहरूको फोटो टाँसेर विरोध गर्न बाध्य भएको उनले बताए सुनाए।

एक्जिम बैंक अफ इन्डियाको सहयोगमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सडक विभागले उक्त सडक २०७२ मा ठेक्का लगाएको थियो । तर, करिब ६ वर्ष बित्दासमेत सडक अलपत्र अवस्थामा छ।

संघर्ष समितिले यसअघि निर्माण व्यवसायीको फोटो टाँस्नेदेखि शंख फुक्ने, एक रुपैयाँ चन्दा उठाएर सरकारलाई पठाउनेजस्ता थुप्रै सांकेतिक विरोधका गतिविधि गरिसकेको छ। तर, पनि सडक विभागले भने कुनै कारबाही अघि नबढाएको संघर्ष समितिले जनाएको छ।