कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६८ जनाको मृत्यु, थप विवरण सहित

जागृति खबर संवाददाता

एजेन्सी।

इक्वेडरमा एउटा कारगारमा भएको झडपमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दक्षिणी इक्वेडरको पेनिटेनसियारिअ डेल लिटरोल कारागारमा शनिवार राति भएको झडपमा अन्य दर्जनौं बन्दी घाइते भएका बीबीसीले जनाएको छ।

उक्त कारागारमा यही सेप्टेम्बरमा भएको झडपमा ११९ कैदी मारिएका थिए। सो हिंसालाई इक्वेडरको इतिहासमै सबैभन्दा खराब बताइएको थियो।कारागारभित्र झडप बढ्नुको मुख्य कारण लागुऔषध तस्कर समूहबीचको विवाद भएको सरकारले बताउँदै आएको छ।

तस्कर समूहका एक नायिकेको रिहाइलाई लिएर पछिल्लो हिंसा भड्किएको गुआएज प्रान्तका गभर्नर पाब्लो एरोजमेनाले एउटा पत्रकार सम्मेलनमा जानाकारी दिए।

कारागारको एउटा ब्लकको नायिकेको रिहा भएको थाहा पाएपछि अर्को समूहले आक्रमण सुरु गरेको थियो। झडप नियन्त्रण गर्न प्रहरीले गोलीसमेत चलाएको थियो।

जेलभित्र ठूला बिस्फोटका आवाजसमेत सुनिएको हिंसापछि सार्वजनिक भएको एउटा भिडियोमा देख्न सकिन्छ। झडपपछि कारागारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

यता, जगनाथदेवल सुन्धारास्थित केन्द्रीय कारागारका ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मीसहित एक सयजनामा कोरोना सङ्क्रमण देखिएको छ ।

मुलुकको पुरानो र सबैभन्दा बढी कैदीबन्दी रहेको सो कारागारमा उच्च स्वास्थ्य तथा सुरक्षा सतर्कता अपनाउँदा–अपनाउँदै पनि कोरोना सङ्क्रमण देखिएको कारागार व्यवस्थापनले जनाएको छ ।

केन्द्रीय कारागार जगनाथदेवल प्रमुख लक्ष्मीप्रसाद बास्कोटाले ५० जना कैदीबन्दी र ५० जना सुरक्षाकर्मी गरी एक सय जनामा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । तर, अधिकांश सङ्क्रमितमा लक्षण देखिएको छैन।

दुई जनालाई सात दिनमै निको भइसक्यो’ उनले भने, ‘लक्षण देखिएकालाई अस्पताल तथा आइसोलेसन केन्द्रमा लगिएको र सामान्यलाई कारागारमै राखेर योगा तथा घरेलु उपचार विधि अपनाई उच्च मनोबलका साथ प्रतिरोधात्मक क्षमता विस्तार गर्ने कार्य भइरहेको छ।

केन्द्रीय कारागारमा तीन हजार २६३ जना कैदीबन्दी रहेका छन्। तीमध्ये केही दीर्घरोगी तथा केहीलाई औषधि उपचारका लागि नियमित अस्पताल लैजानुपर्ने भएकाले कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने जनाइएको छ।

कारागार प्रमुख बास्कोटाले बिरामी कैदीबन्दीलाई अस्पताल लैजाने र ल्याउने क्रममा कोरोना सङ्क्रमण देखापरेको बताउनुभयो। सङ्क्रमण भित्रिन नदिन जेलभित्र उच्च सतर्कता अपनाएका छौँ, तर पनि उपचारका लागि अस्पताल जानैपर्ने भएकाले सङ्क्रमण भित्रिएको हो’ उनले‍ भने।

कारागार व्यवस्थापनले वाह्य व्यक्तिसँगको भेटघाट, कागजपत्र तथा नगद उपलब्ध गराउने जस्ता सम्पूर्ण कार्य स्थगित गरेको छ। औषधि उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने बाहेकका अन्य सेवा पनि पूर्णरुपमा बन्द गरिएको छ।

ललितपुरको नख्खुस्थित कारागारले पनि कैदीबन्दी र तीनका आफन्तलगायत वाह्य व्यक्तिसँगको भेटघाट पूर्णरुपमा निषेध गरेको छ । स्वास्थ्य उपचारमा जाने कैदीबन्दी र सुरक्षाकर्मीलाई केही दिन क्वारेण्टाइन र त्यसपछि पीसीआर परीक्षण अनिवार्य गरेको खबर आजको गोरखापत्रले छापेको छ ।

तेस्तै, युक्रेनले उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका सदस्य राष्ट्रहरूसँग एयरलिफ्ट सेवा सम्झौतामा हस्ताक्षर गरेको छ।सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान (SALIS) कार्यक्रम अन्तर्गत उक्त सम्झौता गरेको हो।

पाँच वर्षको सम्झौता अन्तर्गत, एन्टोनोभले स्थायी आधारमा दुईवटा एन-१२४-१०० विमानहरू उपलब्ध गराउनुपर्नेछ। तिनीहरू जर्मनीको लाइपजिग एयरपोर्टमा स्ट्यान्ड-बाई मोडमा पार्क गर्नुपर्नेछ।

साथै एन्टोनोभले थप तीनवटा विमानहरू उपलब्ध गराउनु पर्नेछ। एन्टोनोभ कम्पनीको वाणिज्य विभागका प्रमुख ब्लागोभिस्नीले कीभमा एक मिडिया ब्रिफिङमा पत्रकारहरूलाई उक्त जनाकारी दिएका हुन्।

आवश्यकता परेको खण्डमा एन्टोनोभले नाटो र ईयूको हितमा एयरलिफ्ट मिसनहरू गर्नका लागि एन्टोनोभले विश्वको सबैभन्दा ठूलो विमान एन -२२५ मृया, साथै एनटेइ एन -२६ र एन -७४ ट्राफिक विमानहरू उपलब्ध गराउँन सक्नेछ भन्ने पनि परिकल्पना गरिएको छ।

उक्त कार्यक्रमले आफ्ना सदस्य राष्ट्रहरूलाई विशेष विमान चार्टर गर्न आफ्नो स्रोत जुटाउन अनुमति दिएको छ जसले गठबन्धनलाई हवाई मार्गबाट विश्वभर भारी कार्गो ढुवानी गर्ने क्षमता बढाउँन मद्दत पुग्नेछ।

हाल, बेल्जियम, पोल्याण्ड, स्लोभाकिया, स्लोभेनिया, चेक गणतन्त्र, जर्मनी, नर्वे, हंगेरी र फ्रान्स गरी नौ देशहरू सलिस कार्यक्रममा सहभागी छन्।

युक्रेनले २००६ देखि उक्त कार्यक्रम अन्तर्गत नाटोसँग सहयोग गर्दै आएको छ भने २०१९ मा हस्ताक्षर गरिएको पक्षहरू बीचको हालको सम्झौता ३१ डिसेम्बरमा समाप्त हुँदैछ।