कमाण्डर विप्लव सहित चार सैनिकको घटनास्थलमै मृत्यु, थप बिबरण सहित

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ कात्तिक ।

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित चार सैनिकको मृत्यु भएको छ ।

४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर रहेका विप्लव त्रिपाठीसँगै उनकी पत्नी र छोराको पनि मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

चराचनपुर जिल्लामा शुक्रबार उक्त घटना भएको बताएको छ। आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन। यद्यपि मणिपुर राज्यमा सक्रिय रहेका स्थानीय लडाकूले सो घटना गरेको हुनसक्ने आकलन गरिएको छ।

केही सञ्चार माध्यमहरूले मणिपुर राज्यमा सक्रिय रहेको पिपुल्स लिबरेसन आर्मीले सो आक्रमण गराएको हुनसक्ने दाबी गरेका छन्। घटनापछि प्रहरीले यसबारे छानबिन गर्नेसमेत बताएको छ। यस क्षेत्रमा सशस्त्र भूमिगत समूहहरू केही वर्षयता सक्रिय रहँदैआएका छन्।

तेस्तै, भारतसँग राम्रो सम्बन्ध नभएको चीन र पाकिस्तान घनिष्ठ राष्ट्र हुन्। उनीहरुबीच आर्थिक साथै सैन्य रुपमा पनि सहकार्य हुँदै आएको छ। यसबीचमा चिनियाँ सेनाहरु पाकिस्तान प्रशासित कस्मिरको क्षेत्रमा हुदै भारत प्रशासित कस्मिरको क्षेत्रमा देखिएका छन्।

समाचार संस्था एएनआईका अनुसार चिनियाँ सेनाले सीमा क्षेत्रको गाउँमा सर्वेक्षण गरिरहेका छन्। कस्मिर अब्जर्भरका अनुसार पाकिस्तानको नियन्त्रणमा रहेको कस्मिरको केल, जुरा र लिपा सेक्टरमा चार दर्जन चिनियाँ सेना एक महिना पहिले त्यहाँ पुगेका छन्।

चिनियाँ सेनाले पाकिस्तानी सेना र त्यहाँको अनुसन्धान एजेन्सीसँग मिलेर गाउँहरुमा अनुसन्धान गरिरहेको बताइएको छ। चिनियाँ सेना पाकिस्तानद्वारा नियन्त्रित कस्मिरमा पुग्नु भारतको लागि टाउको दुखाइको विषय भएको छ।

सिंगो कस्मिर भारत र पाकिस्तानमा बाँडिएको छ। जसकारण त्यहाँ भारत प्रशासित कस्मिर र पाकिस्तान प्रशासित कस्मिर छ। पाकिस्तान प्रशासित कस्मिरबाट भारतीय क्षेत्रमा घुसपैठ र आक्रमणको घटना भइरहन्छन्।

पाकिस्तानको भूमिबाट भारतलाई आतंकित बनाउने गतिविधि भइरहन्छ। यसबीचमा भारत प्रशासित कस्मिरको सीमा क्षेत्रमा चिनियाँ सेना पुगेपछि भारतमा सुरक्षा खतरा बढेको महसुस भएको छ। भारतीय अधिकारीहरुले आफूहरुले चिनियाँ सेनाको गतिविधिहरुलाई निगरानी गरिरहेको जनाएका छन्।

चीनले भारतीय भूमि मिच्दै बसाल्यो गाउँ, अब के गर्लान मोदी ? अमेरिकी रक्षा विभागको रिपोर्टले भारत–चीनबीचको विवादित क्षेत्रमा चीनले गाउँ बसाएको खुलासा गरेको थियो। भारतले यो गाउँ नै अवैध रहेको प्रतिक्रिया दिएको छ। यस कदमलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने भारतले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले पनि सीमासँग जोडिएका सीमावर्ती इलाकामा सडक र पुललगायत पूर्वाधारको विकास निर्माण तिव्र बनाएको छ।

चीनले पछिल्ला केही वर्षमा सीमावर्ती क्षेत्रसँगै ती क्षेत्रमा पनि निर्माण गतिविधिहरु सुरु गरेको छ। जसमाथि उसले दशकौंदेखि अवैध रुपमा कब्जा जमाइरहेको छ,’ बागचीले भने।

भारतले न यस्तो अवैध कब्जालाई स्वीकारेको छ, न त चीनका अनुचित दाबीलाई नै मानेको छ। हामीले अमेरिकी रक्षा विभागको रिपोर्टबारे जानकारी लिएका छौं।

जसमा भारत–चीन सीमा क्षेत्र र विशेषगरी पूर्वी क्षेत्रमा चीनद्वारा बनाइएका निर्माण गतिविधिबारे उल्लेख छ। उनले चीनका यस्ता कदमहरूबारे राजनीतिक माध्यमबाट विरोध जनाएको र भविष्यमा पनि जनाइरहने बताए।

चीनको तिब्बत स्वायत्त क्षेत्र र भारतको अरुणाञ्चल प्रदेश जोड्ने विवादित सीमा क्षेत्रमा चीनले सन् २०२० यता १ सयवटा घरहरुसहितको गाउँ बसालेको खुलासा ३ नोभेम्बरमा अमेरिकी रक्षा विभागका तर्फबाट जारी भएको रिपोर्टमा गरिएको थियो।

तर, भारतका चिफ अफ डिफेन्स स्टाफ तथा भारत सरकारका प्रमुख सैन्य सल्लाहकार बिपिन रावतले यस मामिलामा फरक प्रतिक्रिया दिएका छन्।

उनले चीनले आफ्नै अधिकार क्षेत्रमा रहेको गाउँमा पूर्वाधार निर्माण गरिरहेको बयान दिएका हुन्। उनीहरुले पूर्वाधार निर्माण गरिरहेका छन् र यो गाउँ एलएसीस्थित उनीहरुकै अधिकार क्षेत्रको हो।

उनीहरुले एलएसीस्थित हाम्रो क्षेत्रको उल्लंघन कहिल्यै गरेनन्। धेरै तरिकाका धारणाहरू आएका छन्। एलएसी कहाँ छ भन्ने कुरालाई लिएर हामी हामी यो कुरालाई लिएर निकै स्पष्ट छौं।

किनकि, हामीलाई एलएसीमा हाम्रो स्थिती कहाँ छ भनेर बताइएको छ । र, यो नै त्यो क्षेत्र हो, जसको सुरक्षाका लागि हामीसँग अपेक्षा गरिन्छ,’ द हिन्दू अखबारसँगको कुराकानीमा उनले भने। इमान्दार मेडिया बाट