दुई समुदाय बाट नै भयो यु’द्ध को सुरुवात ? जनकपुर त’नावग्रस्त, प्रशासनद्वारा नि’षेधाज्ञा घोषणा !

जागृति खबर संवाददाता

काठमाडौं, २७ कात्तिक ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घा’टको विषयमा स्थानीय दुई समुदायबीच भएको विवा’दले शनिबार उग्ररूप लिएपछि अवस्था त’नावपूर्ण बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घा’ट निर्माण गर्ने विषयमा स्थानीयले अव’रोध गरेपछि यो वि’वाद सुरु भएको थियो । सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधाममा प्र’दर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तना’वपूर्ण बनेको हो ।

स्थितिलाई नि’यन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउ’ण्ड अश्रुग्’याँस प्र’हार गरेको छ भने झ’डपको क्रममा दुई जना प्रहरीसहित तीन जना घा’इतेसमेत भएका छन् । झ’डपमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घा’इते भएको प्रहरीको भनाइ छ । प्रहरीले एक दर्जनभन्दा बढी अश्रु’ग्याँस प्र\’हार गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

अवस्था नि’यन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले नि’षेधाज्ञा नै जारी गरेको छ । जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा प्रहरीले बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भेला जुलु’स, प्र\दर्शन, घेरा’उ, र्‍या’ली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि नि’षेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।

केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले अवरोध खडा गरेपछि भएको झडपमा चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज पुन: स्थानीय दुई समुदायबीच झडप भएको हो ।