महिनावारी भएको कति दिनमा से;क्स गर्दा गर्भ रहन्छ ? जानी राखौँ

जागृति खबर संवाददाता

काठमाडौँ-

महिनावारी भएको कति दिनमा से;क्स गर्दा गर्भ रहन्छ ? वा कुन कुन सुरक्षित दिन हो ? भन्ने विषय एकीन गर्न गाह्रो छ । किन की महिलाको महिनावारी चक्र कति दिनको छ, यसले निर्धारण गर्छ ।

नियमित महिनावारी हुने र नहुनेमा यसले फरक अर्थ राख्छ ।सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रुपमा यौ;न स;म्पर्क, वी;र्य स्ख;लन, डिम्ब निषेचन र डि;म्बरोपण जस्ता कुरा हुनु आवश्यक छ ।

महिलाको डि;म्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डि;म्ब नि;ष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शु;क्रकीटसँग मिलन हुन डि;म्ब निस्किएको हुनु आवश्यक छ ।

डि;म्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डि;म्ब निस्कने भएकाले त्यतिबेला यौ;न स;म्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डि;म्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

यसरी पानिमा यौ’न स म्पर्क गर्दा निको हुन्छ धेरै रोग !

बैवाहिक जीवनमा रुप महत्वपूर्ण कि गुण ? यसमा निर्विवाद जवाफ हो, गुण । तर, जब बिहेको कुरा आउँछ, गुणभन्दा पहिले रुपमा चियोचर्चा हुन्छ । जो कोहि चाहन्छन्, सुन्दर अनुहार र आकर्षक जिउडाल भएको व्यक्तिलाई नै आफ्नो जीवनसाथी बनाउन चाहन्छन् ।

तर, विवाहपछि त्यो शारीरिक सुन्दरता भन्दा उनको गुण-अवगुणले बढि महत्व राख्छ । त्यसो भए के कुनै वैवाहिक सम्वन्ध आफ्नो पार्टनर सुन्दर नभएको बहानामा तोडिन सक्छ ? पटक्कै सक्दैन । एक पटक विहे गरिसकेपछि सुन्दरताको विषय गौण बन्ने भुक्तभोगीहरु बताउँछन् ।

आकर्षण के हो ? : ‘आकर्षण’ शब्दलाई धेरै किसिमले परिभाषित गर्न सकिन्छ । कसैले यसका लागि बायोलोजिको सहारा लिन्छन् । कसैले वैचारिक-भावनात्मक समानतालाई महत्व दिन्छन् भने कसैले आफ्नो पार्टनरमा ती गुणहरुको खोजी गर्छन् जुन उनीहरुमा हुँदैन । बायोलोजिकल सिद्दान्तले भन्छ कि प्रकृति (हार्मोन्स वा प्रेमको भावना) ले पार्टनरको चयनमा काम गर्छ ।

जबकि व्ज्यवहारिक धारणाले मान्छ कि भविष्यमा कोसँग विहे हुन्छ यसको बीउ बाल्यकालमा नै रोपिएको हुन्छ । मानिसहरु पार्टनरमा ती गुण देख्न चाहन्छन् जुन आफ्नो बुवाआमामा पाउँछन् ।

केटीहरुका लागि पिता आदर्श हुन्छन् भने केटाहरु आफ्नी आमाबाट प्रभावित हुन्छन् । बिना कुनै आकर्षण पनि वैवाहिक सम्वन्ध सुमधररुपमा अघि बढेका धेरै घटना पाइन्छन् । यसका पछाडि थुपै्र सामाजिक-आर्थिक र नैतिक आधारहरु हुन्छन् ।

‘अमिल्दो जोडी’ नै हुँदैन : केही दम्पत्तिलाई उनीहरुको सर्कलमा ‘परफेक्ट कपल’ कहलाउँछन् भने कुनै दम्पत्तिलाई ‘मिसम्याच्ड’ अर्थात् अमिल्दो जोडीको ट्याग लगाइन्छ । कस्तो जोडीलाई अमिल्दो भन्ने ? यसको कुनै मानक छैन । पार्टनरहरुबीच सम्पर्क, संवाद र एकअर्काप्रति स्वीकार्यताको आधारमा दाम्पत्य सम्वन्ध टिकेको हुन्छ ।

आमरुपमा हेर्दा, केही समय सँगै बिताएपछि मात्रै पति र पत्नीको वास्तविक स्वभाव प्रकट हुन थाल्छ । जब कसैले आफ्नो पार्टनरलाई मानसिक, शारीरिक, भावनात्मक वा आर्थिक आधारमा स्वीकार गर्न सक्दैन, त्यतिबेला ‘मिसम्याच्ड’ को अवधारणा काम लाग्छ ।

सुन्दरता आँखामा हुन्छ : प्रेमका डुबेका जोडीहरुको आँखाले एक-अर्कामा गुणैगुण खोज्छन् । वास्तविक जीवनमा कथित ‘मिसम्याच्ड कपल’ कमै देखिन्छन् किनकी हरेक व्यक्तीले आफ्नो लागि उपयुक्त पार्टनर नै खोजेको हुन्छ । अनुहार हेरेर कसैको मूल्यांकन गर्न सकिँदैन ।

एक वैवाहिक वेवसाइटले केही वर्षअघि गरेको सर्भेक्षणमा ३३ प्रतिशत पुरुष र ४३ प्रतिशत स्त्रीले भनेका थिए कि उनीहरुले प्रम वा बिहे गरेको व्यक्तिसँग सुरुमा आकषिर्त थिएनन् तर बिस्तारै आकर्षण बढ्दै गयो । वास्तवमा सुन्दरता हेर्नेको आँखामा भर पर्छ ।

परिभाषा बदलिन्छ : नेपाली समाजको सन्दर्भमा हेर्दा पतिभन्दा पत्नी सुन्दर देखिनुपर्छ भन्ने मान्यता राखिन्छ । परम्परागत सोचअनुसार पुरुषको कमाई र स्त्रीको सुन्दरता महत्वपूर्ण हुन्छ ।

अघिल्लो वर्ष साइकोलोजिकल साइन्समा प्रकाशित एक रिपोर्टका अनुसार आकर्षक व्यक्तित्व हुनुले नै सम्वन्धमा सन्तुष्टी प्राप्त हुँदैन । पति र पत्नी दुवै सुन्दर छन् भने पनि सम्वन्ध टिकाउ र सुमधुर हुने ग्यारेन्टी गर्न सकिँदैन । सेलिबि्रटीहरुमा सम्वन्ध तोडिने प्रवृत्ति बढि हुनु यसैको द्योतक हो ।