माधव नेपालले सुन्न पर्यो अत्यन्तै दुःखद खबर, कार्यकर्ता निरास

रामेछाप खबर संवाददाता

काठमाडौं, २६ कात्तिक ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दुःखद खबर सुन्न परेको छ। उनले विहान विहानै नमिठो खबर सुन्न परेको हो।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईका श्रीमान् हर्कध्वज राईको असामयिक निधनको दुःखद खवरले सुन्न परेको हो। उनले दुःखद घडिमा हर्कध्वज राईप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गरेका छन्।

हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य, जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख कमरेड बंगला राईका श्रीमान् हर्कध्वज राईको असामयिक निधनको खवरले मलाई स्तब्ध बनाएको छ।

फेसबुकमा लेखेका छन्।उनले अगाडि भनेका छन्, ‘‘कमरेड हर्कध्वज राईप्रति भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै कमरेड बंगला राई सहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

उनले फेसबुकमा लेखेको स्टाटसमा हजारौँले लाइक गरेका छन्। नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उनको स्टाटमा कमेन्ट लेखेकी छन्। हार्दिक श्रदाञ्जली भन्दै कमेन्ट लेखेकी हुन्।

तेस्तै, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई अर्को आपत आइ लागेको छ। मन्त्रालयको निर्णय स्थानीय तहहरुले नमानेपछि झँक्रीलाई झड्का लागेको छ ।
झाक्रीले सम्हालेको मन्त्रालयमा पछिल्लो समय राम्रो कदम चालिदै आइएको छ। एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकी मन्त्री झाँक्री नेकपा एमालेसँग वाक्युद्धमा सक्रिय छिन्।

बिरामी भएर अस्पतालबाट डिस्चार्ज भएको खबर आइनपुग्दै झाँक्रीले नेतृत्व गरेको सहरी विकास मन्त्रालयले उपभोक्ता समितिहरुमार्फत हुँदै आएको खरीद प्रक्रियामाथि रोक लगाउने निर्णय गरेको खबर बाहिर आयो।

यो खबरसँगै मन्त्री झाँक्री फेरि चर्चामा आएकी छिन् । मन्त्री रामकुमारीले गरेको नयाँ निर्णयबारे निर्माण व्यवसायीहरुले सकारात्मक प्रतिक्रिया जनाइरहँदा हामीले नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेलका मेयर एवं एमाले नेता ब्याञ्जुसँग यसबारे चासो राखेका छौं ।

स्थानीय तहमा उपभोक्ता समितिहरुमार्फत भइरहेका काममा भ्रष्टाचार र अनियमिता बढेको महालेखा परीक्षक र अख्तियारको प्रतिवेदनमा समेत उल्लेख भएको पृष्ठभूमिमा सहरी विकास मन्त्रालयको निर्णयलाई कसरी लिने ?

भन्दै प्रश्न सोध्दा मेयर ब्याञ्जुले यो निर्णयको आलोचना मात्रै गरेनन्, नगरपालिकाहरुले यसलाई नमान्ने घोषणासमेत गरे। धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु देशैभरिका नगरपालिकाहरुको छाता संगठन ‘नेपाल नगरपालिका संघ’ का अध्यक्ष हुन्।

उनी नगरपालिकाहरुको अन्तरराष्ट्रिय नेटवर्कमा समेत आवद्ध छन्। उनी नेकपा एमालेका नेता हुन्। सिंहदरबारले स्थानीय तहलाई कम अधिकार दिएको गुनासो गर्दै आएका युवा नेतासमेत हुन् उनी।

उनीमात्र होइन नेकपा एकीकृत समाजवादीबाट प्रनिधित्व गर्ने मेयर तथा अध्यक्षहरुले पनि यो कुरा माधव कुमार नेपालसम्म पुर्याएका छन्। नेपाललाई यहि विषयमा तनाव दिएको छ।

यस्तै दंगा नियन्त्रणका उपकरणसहित सर्वोच्च अदालत प्रहरीले धेरिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन अदालतलाई प्रहरीले घेरेको हा।

महान्यायाधीवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एशोसिएसनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउ–जाउ गर्ने भित्री ढोका बन्द गरिएको छ ।यसअघि कानुन व्यवसायीहरु नेपाल बार तर्फको गेटबाट सर्वोच्च अदालत आउ–जाउ गर्दै आएका थिए ।

प्रधानन्यायाधीश सर्वोच्च अदालतभित्र प्रवेश गर्ने गेटमा पनि ताला लगाएको देखिएको छ । यो गेट प्रधानन्यायाधीश भित्रिंदा र बाहिरिंदा मात्र खोल्ने गरिन्थ्यो । अरु बेलामा भने बन्द नै हुने गर्दछ।

सेवाग्राही र अन्य व्यक्ति प्रवेश गर्ने सडकतर्फको गेटमा दंगा नियन्त्रण गर्ने उपकरणसहित सुरक्षाकर्मीहरु परिचालित छन्। भित्री ढोका बन्द भएकाले अब आन्दोलनरत कानुन व्यवसायीहरुले सिंहदरबार पश्चिम गेट–माइतीघर खण्डको सडक प्रयोग गरेर सर्वोच्च अदालतमा धर्ना दिनुपर्ने छ।

तर सो सडकखण्डमा निषेधाज्ञा जारी गरिएकाले त्यहाँ धर्ना प्रदर्शन लगायतका गतिविधि गर्न पाइँदैन। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन्।

बिहीबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा ६ जना कानुन व्यवसायीहरु घाइते भएपछि बारले आज प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने आन्दोलन घोषणा गरेको थियो।