आखिर के भयो यस्तो सर्वोच्चमा, छ जना वकिल घाइते !

जागृति खबर संवाददाता

काठमाडौं, २५ कात्तिक ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यबसायीले जारी राखेको विरो’ध प्रदशनका क्रममा प्र’हरी र कानुन ब्यबसायबीच धके’लाधकेल भएको छ ।

बिहीबार प्रधा’नन्यायाधीश चोलेन्द्र शम्शेर जब’राको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसनका वकिलहरुको धर्ना दिँदै ना’राबाजी गर्नुभएको थियो ।

त्यसलाई व्यबस्थापन गर्ने क्रममा कानुन व्यवसायीहरुले सुरक्षाकर्मीमाथि जबजस्ती गर्नुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

सर्वोच्च प्रवक्त दाहालले कानुन व्यव’सायीले सुरक्षाकर्मीमाथि जबरजस्ती गरेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रणमा लिन खोजिएको बताउनुभयो ।

‘कानुन व्यवसायीमाथि प्रहरी हातपात भएको होइन । प्रशासनिक निर्देशन पनि केही होइन । सुरक्षाकर्मी नियमित सुरक्षाको लागि आफ्नो कर्त’व्य निर्वाह गर्नुभएको हो ।

वाग्मती मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मौजुदा मन्त्रिपरिषद्मा गठबन्धनका दुई जना प्रदेशसभा सदस्यलाई समावेश गरी आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेल (धादिङ) र कांग्रेस संसदीय दलका सचिव निमा लामा (सिन्धुपाल्चोक) लाई मन्त्रीमा नियुक्त हुनुभएको हो । जम्कट्टेललाई आर्थिक मामिला तथा योजनामन्त्री र लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ । वाग्मती प्रदेश प्रमुख शर्माले नवनियुक्त मन्त्रीलाई आजै शपथ गराउनुभयो ।

गत कात्तिक ११ गते मुख्यमन्त्री पाण्डेको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको थियो । यसअघि मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, आर्थिक मामिला तथा योजना, भूमि व्यवस्था कृषि तथा सहकारी र उद्योग पर्यटन वन तथा वातावरण गरी चार वटा मन्त्रालय सम्हाल्नुभएको थियो ।

यसैगरी सामाजिक विकासमन्त्रीमा कुमारी मोक्तान, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा कृष्णलाल भँडेल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कृष्णप्रसाद खनालले आआफ्नो मन्त्रालय सम्हाल्दै आउनुभएको थियो । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएसँगै उक्त पदमा पाण्डे नियुक्त हुनुभएको हो ।