बालकोटबाट आयो ओलीबारे दुःखद खवर, एमाले नेता कार्यकर्ता निरास

जागृति खबर संवाददाता

काठमाडौ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबारे दुःखद खवर छ । उनी सिकिस्त विरामी परेका छन् । उनको घरमै उपचार भइरहेको छ ।ओली अकस्मात बिरामी परेका हुन् । अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका ओलीलाई लगातार खोकी लागेको छ ।ओलीको रत्तसंचार पनि ।

अनियमित भएको बालकोट श्रोतको भनाई छ । उनलाई चिकित्सले अस्पताल भर्ना गर्न सल्लाह दिएको भएपनि ओलीले मानेका छैनन् सामान्य रुघाखोकी हो, केही समयमा निको हुन्छ’ भन्दै ओली टारि रहेका छन् ।राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला आकस्मात स्वास्थ्यमा समस्या देखिएको थियो ।

राजनीतिक प्रतिवेदन पेश गरिरहेकै बेला रुघाखोकी लागेपछि ओली हलबाट बाहिरिएका थिए । स्रोतका अनुसार उनी त्यहाबाट सिधैं निजीनिवास बालकोट पुगेर आराम गरिरहेका छन् ।यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घाँटीमा समस्या आएपछि विधान महाधिवेशनमा प्रस्तुत ।

राजनीतिक प्रतिवेदन वाचन गर्ने जिम्मा शंकर पोखरेललाई दिएका थिए ।केही दिनदेखि रुघा खोकी ज्वरोसमेत आइरहेको र घाँटीमा समस्या रहेकाले लामो प्रतिवेदन वाचन गर्न अप्ठेरो भएकाले पोखरे ललाई दिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिए ।प्रतिवेदन वाचन गर्दा गर्दै।

ओलीलाई घाँटीमा समस्या भएकोले पानी पिएपछि आराम गरेका छन् । बाँकी प्रतिवेदन पोखरेलले वाचन गरेका छन् । विधान अधिवेशन आज तामझामका साथ शुभारम्भ भएको छ ।