प्रचण्ड-बाबुराम युरोप घुमेकोमा ओली आश्चर्यचकित

जागृति खबर संवाददाता

काठमाडौं, २१ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईमाथि जनयुध्दका बेला युरोप घुमेको आरोप लगाउनुभएको छ ।

“भूमिगत क्रान्तिकारी नेतालाई युरोप घुम्न कसरी सम्भव भयो ? ओलीले प्रश्न पनि गर्नुभयो । पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको भन्दै ओलीले प्रचण्ड-बाबुरामको रेकर्ड खराब नभएकोमा आश्चर्य प्रकट गर्नुभयो ।

‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । तर त्यतिबेला प्रचण्ड,बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो’, उहाँले भन्नुभयो ।
ओलीले डा. भट्टराईले आफ्ना छोरी विदेशमा पढाएको भन्दै कमाइको स्रोत के हो भनेर पनि प्रश्न गर्नुभयो । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘तपाईंका छोराछोरीले बेलायतको शिक्षा,जहाँ कम से कम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’ जन आस्था