भण्डारी ५ वर्षदेखि मलेसियामै बेपत्ता, खोजीदिन परिवारको आग्रह !

जागृति खबर संवाददाता

क्वालालम्पुर (मलेसिया):=

वैदेशिक रोजगारीको निम्ति मलेसियामा काम गर्दै आएका एक नेपाली श्रमिक मलेसियामै बेपत्ता भएको, हराएका छ्न।

नेपाल ठेगाना दाङ घोराही उपमहानगरपालिका वडा नम्बर.६ लखुवार निवासी पासपोर्ट नम्बर ०५४६४१२० भएका ३२ बर्षिय नेपाली श्रमिक डिल्ली बहादुर भण्डारी बिगत ४ बर्षदेखि मलेसियामै बेपत्ता भएको आफ्नो परिवारसंग सम्पर्क बिहिन भएको डिल्ली बहादुर भण्डारीको आफन्त पर्ने धर्म रायमाझीले जानकारी दिनुभयो।

डिल्ली बहादुर आज भन्दा ६ बर्ष पहिले जनवरी १७ तारिख सन् २०१६ को मिति तिर काठमाडौंस्थित इन्टरनेशनल रिक्रुमेन्ट प्राइभेट लिमिटेड म्यानपावरमार्फत मलेसियाको पेनाङ्ग भन्ने ठाउँमा अवस्थित पेन अपारेल एसडिएन बिएचडी नामक कम्पनीमा रोजगारीका लागी आएका थिए।

तर डिल्ली बहादुर सुरुमा आएको रोजगारदाता कम्पनी छाडेर भागेर अवैधानिक हैसियतमा रहि एक सेक्युरिटी कम्पनीसंग आबद्ध भएर काम गर्न थालेका थिए। सन् २०१७ अप्रिल ९ तारिखतिर घर पैसा पठाउने भनेर कोठाबाट एक्लै निस्केर बैंक गएका डिल्ली बहादुर पुनः कोठामा कहिल्यै नफर्किने गरि र परिवारसंग पनि सम्पर्कमा नरहने गरि एकाएक बेपत्ता भएको आफन्तले बताउनुभयो।

बेपत्ता भएका भण्डारीको घरमा उनको बुढेसकाल लागिसकेको वृद्ध बुवाआमा र श्रिमति अनि एउटा् छोरा रहेका छ्न। घरमुली भण्डारीनै यतै मलेसियामा बेपत्ता भएदेखि घरको आर्थिक धान्न , आर्थिक जोहो गर्न धौँ धौँ परेको दुखेसो पोख्नुभयो भण्डारीको बुवाले। आर्थिक नभएपनि परिवारको गुजारा जसोतसो चलाईहाल्छम तर छोरो नेपाल फर्किन्छ कि भन्ने आश मनमा राखेर बसेको छु भन्छन भण्डारीका बुवाले।

बेपत्ता डिल्ली बहादुर भण्डारीलाई मलेसियामा कार्यरत नेपाली हरुले देख्नु भएमा वा भेट्नु भएमा मलाया खबरको सम्पर्क नम्बर + ६०११७२३२८१५० अथवा उनको बुवाको सम्पर्क नम्बर ००९७७९८०५७५१७५७ आफन्तको सम्पर्क नम्बर +६०१०७१८९५०६ मा फोन गरेर जानकारी गराईदिनुहुन परिवारले सम्पुर्णमा आग्रह गर्नुभएको छ।