देशव्यापी १ महिना लकडाउनको घोषणा, भर्खरै आयो यस्तो खबर !

जागृति खबर संवाददाता

काठमाडौं, १९ कात्तिक ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।मंगलबार मन्त्रालयले सामाजिक सञ्जाल अन्तर्गत भाइबरमार्फत् यस्तो चेतावनी दिएको हो।

‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ । सोमबार मात्र गाईजात्राको अवसरमा अत्यधिक भिड देखिएको थियो।यसले अन्ततः कोरोना सङ्क्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पु–याउने मन्त्रालयको ठहर छ ।

‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारितापूर्वक पालना गरौँ,’ मन्त्रालयले भनेको छ ।

शक्ति संघर्षको फेरबदलले सत्ता राजनीतिमा नयाँ अनुहार

नेपाली राजनीतिको नेतृत्वमा अहिले पनि पुराना नेताहरूकै हालीमुहाली छ । नेतृत्वको आशिर्वाद नभए युवा पुस्तालाई दलीयदेखि सत्ता राजनीतिमा टिक्न त्यति सजिलो पनि देखिन्न ।

तर पछिल्लो समय प्रदेशदेखि केन्द्र सरकारसम्मै केही नयाँ अनुहार देखिएका छन् । पार्टी विभाजन, दलीय गठबन्धन र आन्तरिक शक्ति संघर्षको फेरवदलले भएपनि जिम्मेवारीमा नयाँ अनुहारको उपस्थितिले आशाको सञ्चार गरेको छ ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई विधार्थी आन्दोलनबाट मूलधारमा उदाएका नयाँ अनुहार हुन् । एमाले विभाजनमा माधव नेपाल नेतृत्वको समाजवादीलाई साथ दिएपछि गठबन्धनकै कारण उनले मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनको मन्त्रिपरिषदमा आर्थिक मामिला मन्त्रालय सम्हाल्ने इन्द्रबहादुर आङ्बो पनि माओवादीका युवा नेता हुन् ।

संघीय सरकारमा सहरी विकास मन्त्रालयको नेतृत्व गरिरहेकी रामकुमारी झाँक्रीले पाएको अवसर पनि त्यसैको उदाहरण हो । संघीयताको अभ्यास, दलहरुमा युवापङ्तिको बढ्दो सक्रियता र दलीय विभाजनले ल्याएको उथलपुथलले पनि सत्ता राजनीतिमा युवा पुस्तालाई अघि आउने मौका मिलेको हो । ३८ देखि ४० वर्षका युवाले मन्त्रालय हाक्नु राजनीतिमा हालीमुहाली गर्दै आएको पाको पुस्ताका लागि चुनौती पनि हो ।

प्रदेश एकमै केदार कार्की र हिमाल कार्की, लुम्बिनी प्रदेशका बसीउद्दीन खाँ र विमलाकुमारी खत्री वली, बाग्मती प्रदेशकी कुमारी मोक्तान युवा अवस्थामै सरकारमा सहभागी भएका छन् । कर्णालीमा गोपाल शर्मा, सुदूरपरिश्चममा दीर्घबहादुर सोडारी र निर्मला जोशी बडाल, गण्डकीमा हरिशरण आचार्य नेतृत्वमा पुग्ने नयाँ अनुहार हुन् ।

प्रदेश दुई सरकारमा पनि चार जना नयाँ अनुहार छन् । पार्टीको विभाजन, दलहरुको गठबन्धन र आन्तरिक संघर्षका कारण नेतृत्वमा नयाँ अनुहार आए पनि सामान्य प्रक्रियामा योगदान र संभावनाकै आधारमा नयाँले अवसर पाउने परिपाटी अझै छैन् ।

देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय सरकार समेत क्रियाशील भएकाले राजनीतिक केही नयाँ अनुहार आउनु स्वभाविक हो । तर दलहरूमा उमेर हद पुगेकाले छाड्ने र युवालाई अवसर दिने संस्कृतिको शुरूवात अझै भएको छैन ।