चोलेन्द्र प्रकरणमा नयाँ टुइस्ट ,डा केसीलाई कसले दियो यति गम्भिर सूचना ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ कात्तिक ।

चर्चित राजनितिक विश्लेषक डा सुरेन्द्र केसीले सर्वोच्च अदालतमा कोत पर्व मच्चीन सक्ने विश्लेषण गरेका छन् ।

एक पक्षले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको राजिनामा मागेर उग्र भइरहेको र राणाले कुनै पनि हालतमा राजिनामा दिन्नु बरु महाअभियोग सामना गर्न तयार छु भेनको बेला डा केसीको यस्तो विश्लेषण आएको हो ।

ओटीभी नेपाल डट कमसगँको विशेष कुराकानीमा विश्लेषकले डा कसीले प्रधानन्यायाधिश राणाको छोरो हो कोत पर्व मच्चाइदिए भने यिनले के गर्छन् ?भन्ने प्रश्न गरेका छन् । न्यायालयमा अहिले देखीएको समस्याको सहज निकास नभएको पनी डा केसीले बताएका छन् ।

चोलेन्द्रले यहि बेला बालुवाटारको फैसला गरिदिएर बावुराम र माधव नेपाल जे ल जाने अवस्था आयो भने के हुन्छ ? क्यान्टनमेन्टको र अग्नी सपाकोटका फैसला गर्दिए भने के हुन्छ? डा केसीले यसैलाई सर्वोच्च अदालतमा हुन सक्ने कोत पर्व भनेका छन् ।

चोलेन्द्रलाई विवादीत बनाएर राजिनामाको कुरा चर्र्काउँने काम सत्तारुढ दललेनै गरेको डा केसीले ठोकुवा गरे । यहि मौकामा उनलाई ठेगान लागाउँने र आफु अनुकुलको मान्छे ल्याउँने खेल रहेको उनले दावी गरे ।

चोलेन्द्रलाई विवादित बनाए पछि अब भाग पनि दिनु नपर्ने सोचेर सत्तागठबन्धन बाटै यो सब भएको डा केसीको मत छ । चोलेन्द्रले इण्डीयाको राजदुतमा पनि सम्धी पठाउँन खोजेका थिए तर सरकारले यहि हो मौका भनेर राजदुत नियुक्तीको सिफारिस गरीसकेको छ । उनले भनेका छन् ।

चोलेन्द्रलाई बमनाम बनाएर बिदा गर्ने खेलको पछि मुख्य हात माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको रहेको डा केसीको बुझाइ छ । अहिले चोलेन्द्रलाई विदा गर्न पाइयो भने दोस्रो वरियताका लागी प्रधानन्यायाधिश बनाउँने त्यस पछि एक जना न्यायाधिशको कोटा खाली हुन्छ त्यहाँ आफ्ना मान्छे पठाउँने खेल यो हो केसीले भने ।

अहिले सम्म सर्वोच्च अदालतमा माओवादीको एक जना पनी न्यायाधिश नभएका कारण उसलाई अभाव खड्कीएर यस्तो भएको केसीले बताए । एक जनाको कोटा खाली गराउँन पाइयो भने आफ्नो मान्छे त्यहाँ पुर्याउँने डिजाइनमा खेल भएको उनको मत छ ।