गोकुल वास्कोटालाई जस्तै आरोप लाग्यो योगेश भट्टराईलाई पनि

जागृति खबर संवाददाता

काठमाडौं, १८ कात्तिक ।

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईको एउटै वचनले नेकपा एसका नेता कार्यकर्ता रन्थनिएका छन् ।

आउँदो महिना हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले नेता भट्टराईले बोलेको एउटै शब्दले समाजवादीका नेता कार्यकर्ता आक्रोसित देखिएका छन् ।

माधव नेपालको पार्टी अवैध सम्बन्ध बाट जन्मिएको भन्दै भट्टराईले उनीहरुको ठेगाना प्रष्ट नभएको भन्दै महाधिवेशनमा निम्तानै नगर्ने बताएका थिए । भट्टराईको यहि अभिव्यक्ती पछि एसका कार्यकर्ता अरिंगालको गोली जस्तै उनी माथी खनिएका छन् ।

एमाले अध्यक्ष ओलीलाई धेरैले बा भनेर सम्बोधन गदैछन् विरोधीहरुले गाली गर्दा पनि बा नै भन्ने गर्दछन् ,गोकुल वास्कोटा लगायतका नेतालाई बा का छोराहरु भन्दै आलोचकहरुले गाली गर्दछन् । आज सम्म योगेश भट्टराईलाई यस्तो आरोप लगाएको सुनिएको थिएन तर आज नेकपा एसका प्रवक्ताले बास्कोटालाई जस्तै आरोप भट्टराइलाई पनि लगाएका छन् ।

एस पार्टीका उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईलाई एमाले अध्यक्ष ओलीको पुत्र भन्दै जस्ता बा उस्तै बावु भन्दै तिखो टिप्पणी गरेका छन् ।
अवैध सन्तानको आरोप लागे पछि एसका प्रवक्ता तातेका हुन् ।

उनले बा’ भनेर अध्यक्ष केपी शर्मा ओलीलाई भनेका हुन् । एमालेले हिजो १०औं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै योगेशले पार्टीको महाधिवेशनमा माधव नेपाल नेतृत्वको पार्टीलाई निम्तो नदिईएको र नबोलाउने बताएका थिए । उनले नेकपा ९एकीकृत समाजवादी० लाई अवैध सम्बन्धबाट जन्मिएको बच्चाको संज्ञा दिएका थिए ।

खतिवडाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–‘निम्तो गर्दिन भनेर एक पार्टीले औचित्यहिन बकवास गरेछ।सक्कली “तमासा” भनेको यहि नै हो। न निम्तो गर्नै पर्ने बाध्यता हुन्छ न त जानै प्र्ने अनिबार्यता ।

अझ राजनीती- कुटनीतिमा निम्तो गरेर मात्र हुदैन – निम्तो मान्न जाने कि नजाने आफ्नो कुरा हुन्छ। दुष्ट मतिको संक्रमण कति चाडै भएछ– जस्ता “बा” उस्तै “बाबु” उनले लेखेका छन् ।