प्रचण्डलाई नसोचेको फसाद, यस्तो बेलामा हाँस्ने की रुने ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ कात्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड रुनु की हाँस्नुको फसादमा परेका छन् ।

एक साता लामो विदेश भ्रमणबाट नेपाल फर्कने वित्तिकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डको समेत नाम मुछेर फ्याट्टै पोल खोलिदिए पछि प्रचण्डको बल्ड प्रेसर ह्वात्तै बढ्ने अवस्था आएको छ ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गोप्य रुपमा अमेरिकालाई पठाएको पत्रबारे देउवाले खुलासा गरिदिए पछि प्रचण्डलाई छट्पटी भएको छ । एमसीसी पास गर्छौ भनेर देउवा र प्रचण्डले हस्ताक्षर गरेर अमेरिकालाई पत्र दिएका रहेछन् जुन कुराको खुलासा आज देउवाले गरिदिएका छन् ।

प्रचण्डलाई आज देउवाले यस्तो कुराको खुलाासा गरिदिएर तनाव मात्रै दिएका छैनन् अर्को खुशिको खबर पनि दिएका छन् । गठबन्धन चुनाव सम्मै जाने भन्दै देउवाले कसैलाई पनि कुनै पनि शंका नगरिदिन पनि अनुरोध गरेका छन् ।

काग्रेसको साथ नपाए माओवादीको अस्तित्वनै समाप्त हुने ठानेर गठबन्धन गठबन्धन भन्दै हिँडेका प्रचण्डलाई आजको देउवाको बोलीले केहि राहत भने पक्कै मिलेको छ । काग्रेसकै नेताहरुले कसै सँग पनि आगामी निर्वाचनमा काग्रेसले गठबन्धन नगर्ने बताइरहेका बेला देउवाको यस्तो भनाइ आएको हो ।

एकातिर गठबन्धन चुनाव सम्म गर्ने देउवालको बोलीले प्रचण्डलाई खुशि मिलेको छ भने अर्का तिर गोप्य रुपमा हस्ताक्षर गरेर एमसीसी पास गर्छो भनेर अमेरिकालाई पठाएको पत्रबारे देउवाले फ्याट्टै पोल खोलिदिए पछि प्रचण्डलाई तनाव थपिएको छ ।

करिब ३ मिनेट मात्रै बोलेका देउवाले प्रचण्डलाई रुने की हाँस्ने हुने गरि कन्टेन्ट दिएका छन् । देउवाको आजको अभिव्यक्तीले राष्ट्रिय राजनिती पनि निकै गर्माउँने संकेत दिएको छ । एमसीसी तत्काल पास गर्ने आशय देउवाले व्यक्त गरेका छन् ।