होटलमा आपत्तीजनक अवस्थामा भेटिए नयाँ मुख्यमन्त्री, कारण थाहा पाएपछि माधव नेपाल चकित

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ कात्तिक ।

परदेश १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईको होटलमै बास भएको छ। राजीनामा दिइसकेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले सरकारी निवास (क्वार्टर) नछाडेपछि नवनियुक्त मुख्यमन्त्री राईको होटलमै बास भएको हो।

मंगलवार मुख्यमन्त्री भएका राई बिग होटल विराटनगरमा बसिरहेका छन्। आचार्यले कात्तिक १५ गते संसदमा सम्बोधन गर्दै राजीनामा दिएका थिए। आचार्यले राजीनामा दिएपछि राई मंगलवार मुख्यमन्त्री बनेका हुन्।

शेरधन राई मुख्यमन्त्री बनेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विराटनगरमा निवास लिएको थियो। राईले गत भदौ १० गते राजीनामा दिए पनि क्वार्टर छाडेनन्।

राईले क्वार्टर प्रयोग गर्दै आएको घर आचार्यलाई नदिने बताए पछि मुख्यमन्त्री कार्यालयले राईले प्रयोग गर्दै आएका घरायसी सामग्री फिर्ता ल्याइएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए। पहिला प्रयोग गर्दै आएको क्वार्टरमा राई आफैं बस्दै आएका छन्।

तत्काल क्वार्टर उपलब्ध नभए पछि आचार्यलाई नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेस्ट हाउसमा राखिएको थियो। आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिए पनि गेस्ट हाउस नछाडे पछि नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई होटलमा बस्न थालेका छन्।

आचार्यका भाइको निधन भएकाले घरमा लक्ष्मी पूजा गर्न नमिल्ने र क्वार्टरमा पूजा गरेर मात्रै छाड्ने तयारी रहेको स्रोतले जनाएको छ। निवर्तमान मुख्यमन्त्री आचार्यले बिहीवार मात्रै क्वार्टर छाड्ने आचार्यका प्रेस सल्लाहकार देवेन्द्र कार्कीले बताए।

यता, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरका प्रमुख सतेन्द्र तिमल्सिनाले गेस्टरूम नेपाली सेनाको सुरक्षाभित्र भएकाले भीआईपी आउँदा २–४ दिनका लागि दिने गरिएको बताए। उनले गेस्टरूम भए पनि अहिले क्वार्टर जस्तै भएको बताए।

यसैगरि, एमालेका अध्यक्ष केपी ओली निकट रहेर राजनीति गर्ने कार्यकर्तादेखि उनको सुरक्षामा कार्यरत अधिकारीहरुसम्मले अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ । सुर्य थापादेखि महेश बस्नेतसम्मले ओली सरकारको कार्यकालमा अकुत सम्पत्ति आर्जन गरेका छन् ।

महेश बस्नेतको नाममा हप्ता असुली गर्ने रुमेश कट्वाललाई मंगलबार नै महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको छ । उनले जग्गा दिन्छु भनेर ६८ लाख रुपैयाँ ठगी गरेको पाइएको थियो ।

ओली कालमा सबैभन्दा रजाइँ गर्ने डिएसपी हुन–सन्तोष तामाङ । ओलीको गृहजिल्ला झापा घर भएका उनी ओलीको बडिगार्ड समेत हुन् ।रसुवा जिल्लाको प्रहरी कमाण्ड सम्हाल्दा उनले खासा नाकामा तस्करीको रुट चलाएको आरोप थियो ।

तैपनि ओलीको प्रिय पात्र भएका कारण उनलाई कुनै कारबाही हुन सकेन । उनै सन्तोष तामाङले उपत्यकामा बंगला खरिद गरेको पाइएको छ। सामान्य त नेपाल प्रहरीको डिएसपीको तलब ४० हजार रुपैयाँ हुन्छ ।

यही तलबले काठमाडौंमा छोरी पढाउन र घर चलाउन मुस्किल छ । ईमान्दार प्रहरी अधिकारीलाई यही तलब अधिकारीलाई त दैनिकी चलाउनै धौ धौ छ । तर, डिएसपी तामाङले काठमाडौंमा करोडौंको बंगला खरिद गरेको खबर सार्वजनिक भएको छ ।

तामाङले १० करोड मुल्य बराबरको घर खरिद गरेको सार्वजनिक भएको छ । ललितपुरको झम्सिखेलमा तामाङले करोडौँको बंगला खरिद गरेका हुन् ।उनको घरले चर्चेको जमिन नै ७ आना बराबर रहेको स्रोतले जनाएको छ । उक्त जग्गा र घर देखेर उनका समकक्षीहरु नै जिब्रो टोक्ने गर्छन् ।

उनी केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा बडिगार्ड थिए । ओलीको सम्बन्धलाई भजाएर उनले रसुवाको कमाण्ड सम्हाल्ने अवसर पाएका थिए । तामाङले ठमेलमा गुण्डागर्दी गर्ने उमेश लामासँगको मिलेमतोमा ठेक्का पट्टामा समेत हात हालेको आरोप छ ।

उनीहरुद्वयको श्रीमतीको नाममा मल्टिपल जेभी र भण्डार फोटुङ नामक कम्पनि रहेको स्रोतले बतायो। ओलीकै निकट व्यापारीहरुले चलाएको बालुवाटारस्थित एक अनलाइनमा समेत उनको साझेदारी रहेको उच्च स्रोतको दाबी छ । उनको लगानी हेर्न उनले केही वर्ष अघि एक पत्रकारलाई खटाएको समेत उच्च स्रोतको भनाई छ ।