प्रधानमन्त्रीद्वारा संसद बिघटन घोषणा, देशभर तरङ्ग !

जागृति खबर संवाददाता

काठमाडौ।

प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन्। बिहीबार बसेको बैठकलगत्तै संसद विघटन भएको जानकारी दिएका हुन्। जापानका प्रधानमन्त्री फुकिओ किशिदा जापानी अधिकारीहरूले बताएका छन्।

यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ। त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ।

सत्तारूढ एलडिपी लिबरल डेमोक्रेटिक पार्टीको पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै उनले अर्काे आमनिर्वाचनको तयारी थालेका थिए।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले तुरून्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका छन्।

उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आमनागरिकको सहयोग आवश्यक रहेको बताएका छन्। देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रम ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग उनले आग्रह गरेका छन्।

त्यस्तै उता उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक “अजेय” सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।

उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।

वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन।

किमले सोमबार “रक्षा विकास प्रदर्शनी ‘आत्मरक्षा २०२१’लाई सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो।

सो प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए। सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।

कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले “अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरिया विरुद्ध लक्षित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् । उनले अमेरिकाले गलत निर्णय र कार्यद्वारा यस क्षेत्रमा तनावको स्थिति सृजना गरिरहेको आरोप लगाएका छन्।

यसैगरि, विश्वका ठूलो अर्थतन्त्र भएका देशहरुको समूह जी २० का नेताहरूले अफगानिस्तानको उथलपुथलबारे चासो देखाउदै त्यहाँको आर्थिक तथा मानवीय संकट समाधानका लागि प्रतिबद्धता जनाएका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसको आव्हानमा आयोजना भएको भर्चुअल वैठकमा जी-२० का नेताहरूले प्रतिबद्धता जनाएका हुन्।

वैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तर्राष्ट्रिय समुदायले सोझै अफगान नागरिकलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए।सहायता कार्यक्रममा तालिवानको आवश्यक नपर्ने उनको भनाई थियो। तर, इटालीका प्रधानमन्त्री मारिओ ड्रगीले तालिवानको संलग्नताबिना अफगान नागरिकहरूलाई सहयोग गर्न कठिन हुने बताए।

त्यस्तै, जर्मन चान्सलर एन्जिला मर्केलले अफगान संकट लामो समयसम्म लम्बिन नहुने बताउँदै समस्या समाधानका लागि जी देशका नेताहरुले ठोस कदम चाल्नुपर्ने बताएकी थिइन्।चाँडै नै जर्मन राजीतिबाट बिदा लिदै गरेकी मर्केलले जर्मनीले ६० करोड युरो उपलब्ध गराउने यसअघिको प्रतिबद्धतालाई पुनः दोहोराएकी थिइन्।

अफगानिस्तानको सिंगो अर्थतन्त्र नै कोल्याप्स भएको उनको भनाई थियो । बैठकले तालिवानलाई अतिवादी संजालसँगको सम्बन्ध तोड्न समेत आग्रह गरेको छ। सो अवसरमा भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीले अफगानिस्तानलाई अतिवादीको स्रोत हुनबाट रोक्नुपर्ने धारणा राखेका थिए।

यसअघि, युरोपेली आयोगकी प्रमुख उर्जुला एफडी लयनले अफगानिस्तानलाई एक अर्ब युरो उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन्।