नेपाली सेनाका मेजरले ‘जोसमा होस्’ गुमाउँदा प्रधानसेनापति तनावमा

जागृति खबर संवाददाता

काठमाडौं, २८ असोज ।

नेपाली सेनाभित्र अनुशासन उल्लङ्घनका घटनाहरु बढ्न थालेका छन्। बहुप्रतिष्ठित र जनआस्थाको धरोहर नेपाली सेनामा केही कर्मचारीहरुको गैरनैतिक चरित्रदेखाएर अनुशासन उल्लङ्घन गरेको सार्वजनिक भएको छ। उनीहरुको यस्ताखालका हर्कदले नेपाली सेनाको बदनामी भएको छ।

सेनामा हदभन्दा बढी गर्ने नहुने कार्यहरु बाहिरिन थालेपछि उनीहरुको नैतिकतामाथि प्रश्नसमेत उठेको छ। सुरक्षा निकायमध्येको प्रमुख अंग नेपाली सेनामा अनुशासन कडा रहेको प्रष्ट छ। तर,अहिले नेपाली सेनाका एक जना मेजरको शरीरभरि टाटु खोपिएको फोटो सार्वजनिक भएको छ।

प्राप्त जानकारीअनुसार यसलाई सेनाभित्र अनुशासन उल्लंघनका रुपमा अन्य फौजका अफिसरले लिने गरेको पाइन्छ। सैनिक स्रोतका अनुसार नेपाली सेनामा जागिर खाने कसैले पनि शरीरको कुनै पनि भागमा टाटु खोप्न नपाईने भएपनि मेजर राजनसिंह अधिकारीले त्यो निमय मिचेका हुन्।

उनले शरिरभरी टाटु नै टाटु हानेको एउटा तस्वीर भाइरल भएको छ। उनीमात्र होइन् महिला अधिकृतले समेत टाटु बनाउन थालेको स्रोत बताउछ। यो विषयले नेपाली सेनाको गरिमा माथि धक्का लागेको छ। भर्खरै प्रधानसेनापति भएका पर्शुराम शर्मालाई समेत यो विषयले झस्काएको छ।

उनीमाथि यस्ता अफिसरहरुलाई कारवाही गरेर सेनालाई सुदृढ बनाउन चुनौति थपिएको छ। भारतबाट न्याश्नल डिफेन्स कोर्स गरेका शर्मा अमेरिकाका विभिन्न शिक्षालयहरूबाट तालिमहरू गरेको अनुभव छ। नेपाल–भारतबीच वार्षिक रूपमा सञ्चालन हुने सुरक्षासम्बन्धी उच्चस्तरीय बैठकहरूमा भाग लिएकाले पनि यस्तै शैनिकलाई तह लगाउन सक्षम छन्।

युद्ध कार्य महानिर्देशक, संभाररथी महानिर्देशक र बलाध्यक्षजस्ता जङ्गी अड्डा भित्रका महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनी नेपाली सेनाको दोस्रो उच्च पद बलाधिकृतमा नियुक्त भएका थिए। राष्ट्र सङ्घको पूर्वी टिमोर र कङ्गोमा रहेको मिसनमा खटिने नेपाली फौजको कमान्ड गरेका उनी सन् २००८ देखि २०११ सम्म बाङ्ग्लादेशको ढाकामा सैनिक सहचारी रहेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका उनले भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफीलसम्म अध्ययन गरेका छन्।