लगातार बढेको सुनकाे मूल्य दशैंमा ६० हजार ?

जागृति खबर संवाददाता

काठमाडौं ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारका अनुसार अहिलेको समयमा अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग उच्च हुँदै गएकाले मूल्य पनि बढ्दै गएको हो । उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुनमा धेरैभन्दा धेरै मानिस आकर्षित भइरहेका छन् । सुनमा लगानी पनि बढ्दै गएको छ, जसले गर्दा माग बढ्दा मूल्य पनि बढेको हो ।

सुनारले अन्तर्राष्ट्रिय बजारमा मू’ल्य बढ्नुले मात्र नेपाली बजारमा सुनको मूल्य नबढेको बताए । ‘कोभिडले गर्दा सुन आयात गर्न पनि समस्या भइरहेको छ, त्यसमाथि सुनमा थपिएको राजस्व पनि एउटा प्र’मुख का’रण हो । राजस्व बढेपछि सुनको मूल्य स्वत: बढ्छ नै’, उनले भने, ‘यीबाहेक अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रा कमजोर हुँदा पनि मूल्य बढिरहेको छ ।’ सुनार लकडाउनको समयमा बैंकको ब्याजदर घ’ट्ने र शेयर बजार पनि निरन्तर घटिरहँदा आममानिसको ध्यान सुनतर्फ खिचिँदा पनि माग बढेर मूल्य बढेको बताउँछन् ।

घट्ने सम्भावना कति ?

कोभिडको असर विश्वव्यापी भइरहँदा र सुनमा लगानी गर्नेहरू अन्तर्राष्ट्रिय बजारमा बढ्दै गइरहेको अवस्थामा केही समय सुनको भाउ नघट्ने अध्यक्ष सुनार बताउँछन् । उनले भने, ‘सुनको भाउ केही समय घट्ला भन्ने आशा छैन अहिले । मूल्य वृद्धि लामो समयसम्म रहन सक्ने अवस्था छ । सहज रूपमा क्रय बिक्रय हुन नसक्नु, आयात गर्न नसक्नु र अन्तर्राष्ट्रिय बजारमा घट्ने छाँटकाँट नहुँदा पनि नेपाली बजारमा केही समय सुनको मूल्य घट्दैन ।’
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुन महँगिँदा व्यवसायमा प्रभाव

अहिले अप्रत्यासित रूपमा सुनको मू’ल्य बढिरहँदा सुन व्यवसायीहरू थप मर्कामा परेका छन् । समाचारमा आएजस्तो सुन पसलमा किन्नेभन्दा बेच्ने ग्राहक बढी भएको भन्ने विषयमा यकिन तथ्याङ्क भने नआइसकेको अध्यक्ष सुनार बताउँछन् । ‘मूल्य बढेकाले नै किन्नेभन्दा बेच्ने ग्राहक बढे, कारोबार खस्कियो भन्ने होइन । भर्खरै व्यवसाय सुरु भएको छ । अहिले हामी अध्ययनमै छौँ, कारोबार कस्तो भइरहेको छ भन्नेबारे । त्यसैले केही भन्ने अवस्था छैन’, अध्यक्ष सुनारले भने ।

अध्यक्ष सुनार विश्व अर्थतन्त्र नै कोरोना भाइरसले तहसनहस गरेको अवस्थमा सुन व्यवसायी पनि बच्न नसक्ने हुँदा यसको प्रभाव सुन व्यवसायमा पनि परेको बताउँछन् । लकडाउनले गर्दा ग्राहक पसलसम्म आएर सुन किन्ने अवस्था नआइसकेको र अहिले विवाहहरू पनि नभएका कारण कारोबार घटे पनि मूल्य बढेकाले नै कारोबार ठप्प भएको भन्नेचाहिँ नभएको अध्यक्ष सुनारको भनाइ छ ।

‘लकडाउनको समयमा खर्च अभाव झेलिरहेका सर्वसाधारण सुनको मूल्य बढ्दा भएको सुन बेचेर खर्च चला‍औँ भन्नेमा हुन्छन्’, उनले भने, ‘यसरी एकैचोटि किन्नेभन्दा बेच्ने ग्राहक धेरै आएमा भने बजारले थेग्ने अवस्था रहँदैन । यद्यपि, अहिले नै त्यो अवस्था भने आइसकेको छैन ।’ अध्यक्ष सुनारले विश्वका सबै व्यवसायी आर्थिक सङ्कटसँग जुधिरहेको बेला सुन व्यवसायी पनि अछुतो रहन नसक्ने भन्दै सबै व्यवसायीलाई धैर्य राख्न अनुरोधसमेत गरेका छन् । हेर्नुहोस २०१९ तिरको यो भिडियो : लगातार बढिरहेको सुनको मूल्य दशैंमा ६० हजार रुपैयाँ पुगेको थियो!