राती सुटुक्क चन्द्रागिरि रिसोर्टमा पुगिन् राष्ट्रपति, को थिए उनीसँग ?

जागृति खबर संवाददाता

काठमाडौं, २७ असोज ।

राष्ट्रपति विद्यादेवी भण्डारी रातारात चन्द्रागिरि रिसोर्ट पुगेको खवर प्राप्त भएको छ। रिफ्रेस हुनका लागि दिउसो चन्द्रागिरि पुगेकी उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बसेको स्रोतले जनाएको छ। उहाँ रिफ्रेस हुन आउनुभएको हो। हिजो यहीं बस्नुभयो, आज फर्किनुभयो, स्रोतले भन्यो।

औपचारिक कार्यक्रम नभएकाले केही सहयोगीका साथ राष्ट्रपति भण्डारी चन्द्रागिरि पुगेकी थिइन्। पछिल्लो समय नेकपा एमाले विभाजन हुनुअघि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरिको रिसोर्टमा गएर बसेका थिए। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच अपरिहार्य रहेको बताएकी छन्।

सोमवार बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुरमा सेवा गर्न आएका चिनियाँ डाक्टरहरुको टोलीलाई बिदाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल जस्तो विकासशील राष्ट्रमा स्रोत साधन तथा सक्षम जनशक्ति प्राप्त गरी क्यान्सर बिरामीको लागि समर्पित गर्नु गराउनु अझै पनि चुनौतीको विषय भएको भन्दै गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच हुनुपर्ने बताइन्।

राष्ट्रपति भण्डारी चन्द्रागिरीबाट सिधै फूलपाती बढाइँको अवलोकन गर्न टुँडिखेल पुगेकी थिइन्। नेपाली सेनाद्वारा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी भइ उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन्।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। यस्तै समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो। त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो।

कोभिड १९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ। उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी थिए।

यस्तै मन्त्रीहरु, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका व्‍यक्तिहरु समारोहमा उपस्थित थिए।

पूर्वराजा ज्ञानेन्द्रको बक्तव्य सत्ताषड्यन्त्रको पूर्वसंकेत : पूर्वराजा ज्ञानेन्द्रले बडादशैंको सन्दर्भ पारेर फुलपातीको दिनदिएको ‘राजनीतिक शुभकामना’को प्रतिक्रियाहरु आउने क्रम जारी छ। राष्ट्रियताको पक्षधर भनेर चिनाउने सबैधानिक राजतन्त्रवादी नागरिकहरु राजाको राजनीतिक शुभकामनाबाट हर्सित भएकाछन्। तर केही राजनीतिक पार्टीका नेताहरुले राजाको प्रतिक्रियाप्रति आक्रोश व्यक्त गरेका छन्।

फरक फरक प्रतिक्रियाले गर्दा चाडपर्व पछाडि नेपालको राजनीतिमा नयाँ किसिमको आन्दोलनको बिजारोपण हुने लक्षण देखिएको छ।ज्ञानेन्द्रले आफूलाई देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बिचार राख्नुले नेपालीलाई राजसंस्थासहितको प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गरेको पाइन्छ।

नेपालका लागि नेपाली पार्टीले हतार हतार पत्रकार सम्मेलन नै गरेर राजाको कदमको प्रशंसा गरेकोे छ। राजाले बोलेन भनेर आरोप लगाउनेहरुले अब आरोप लगाउन बन्द गर्नु पर्दछ भन्ने आह्वान गरेका छन्। उनीहरुले पर्वपछि राजाको चाहना अनुसारको अहिलेको राजनीतिको विरुद्धमा आन्दोलनमा अग्रसर हुन आह्वान गरेका छन्। उनीहरुलाई यसरी हिम्मत बढ्नुमा राजाको राजनीतिक अभिव्यक्ति सहितको शुभकामना संदेशले ठूलो काम गरेको छ।

राजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने दावी गर्दै प्रजातन्त्रविनाको राजतन्त्र र राजतन्त्रविनाको प्रजातन्त्र नटिक्ने महसुस गरेको पाइएको छ। दसैँको अवसरमा यस्तो शुभकामना दिनुले अब प्रजातान्त्रिक स्वभावको राजसंस्थाको आवश्यकता छ भन्नेकुरामा जोड दिएका हुन् भन्ने अनुमान लगाउन सकिन्छ।

ज्ञानेन्द्रले आफूलाई देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बिचार राख्नुले नेपालीलाई राजसंस्थासहितको प्रजातन्त्रको लागि एकजुट हुन आह्वान गरेको पाइन्छ।

राजा ज्ञानेन्द्रले हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट फरक नभएकोले नेपालको पुराना परम्परा, रितिरिवाज, उत्सव, पर्व, संस्कृतिको संरक्षण र प्रबर्धनका लागि नेपालीहरुले अहिले देखिनै सचेत हुनुपर्ने धारणा राखेका छन्। उनको यो अभिव्यक्तिले अब नेपालको सत्ता परिवर्तनका लागि राजा सक्रिय भएको आशंका पैदा भएको छ।

हुन त राजा ज्ञानेन्द्रले दशैंकै अवसर पारेर पारस शाहलाई यूवराजघोषणा गरेका थिए। दशैंको मूखमा व्यक्त गरिएको अभिव्यक्ति वाचा लिएको कदमको त्यति धेरै विरोध हुँदैन। यही अभिव्यक्ति दशैंको सन्दर्भभन्दा फरक समयमा दिएको भए आज यतिखेरसम्ममा धेरै राजनीतिक तरंग पैदा भइसक्ने थियो । तर सबै नागरिक दशैंको मुडमा छन्।

त्यसैले यसका विरोधीहरुको स्वर पनि सशक्त हुने बेला छैन र समर्थनहरुको स्वरले पनि खासै मार्केट लिनेबाला देखिदैन। तर यो एउटा शुरुवात हो। राजाले एउटा राजनीतिक धारणा राखे। यसका बारेमा आउने प्रतिक्रियाहरुको आधारमा नयाँनयाँ रणनीतिहरु बनाउन खोजिएको हुन सक्दछ।

राजा ज्ञानेन्द्रले व्यक्त गरेको विभिन्न विचारहरु मध्ये ‘कुनै पनि परिवर्तनको मर्म देशसंग अन्तर सम्बन्धित हुने गर्दछ र त्यसको प्रभाव जनताले आफ्ना्े दैनिक जीवनमा अनुभूत गर्न सक्नु पर्दछ’भन्ने कुराको व्याख्या गर्नुपर्दा यसले धेरै सन्देश दिन खोजेको पाइन्छ। उनले गणतन्त्र आएको वा राजतन्त्र फालेर आएको नयाँ सत्ताले जे ल्याउँछु भन्ने आशा नागरिकलाई देखाएको थियो त्यो पुरा गर्न नसकेको वाजुन मर्मका कारणले राजाले राजसत्ता सहज रुपमा छोडेर श्रीपेँच र राज दण्ड नासोका रुपमा छोडेर गएका थिए सो अनुसार सत्तामा गएका नेताहरुले काम गर्न सकेनन् भन्ने सन्देश दिएको छ।

अझ उनले दुर्भाग्यवस शिक्षा र स्वास्थ्यको व्यापारीकरण भएको, विकास निर्माणका काममा भ्रष्टीकरण भएको कुरा बताएर सिंगो राजनीतिक पार्टी र उनीहरुको नेतृत्वमा रहेका नेताहरुलाई कोरम पुग्ने गरी चुनौती दिएको बुझिन्छ। प्रशासनिक गतिविधि पनि राजनीतिक पेशामा सिमित व्यक्तिले मात्र फाइदा पाउने गरेको कटु सत्य बताएर आमनागरिकहरु सबै किसिमका अवसरहरुबाट बञ्चित भएको सन्देश राजा ज्ञानेन्द्रले दिएका छन्।

ज्ञानेन्द्र शाहले न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निरासा छाएको बताएर न्यायलयको हिजो आजको गतिविधिमाथि समेत सचेत गराउने गरी विचार राखेका छन्। राजा ज्ञानेन्द्रको अभिव्यक्तिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैलाई सचेत गराउँदै उनीहरुको कमीकमजोरी औंल्याएर आमनागरिकको पक्षमा अभिव्यक्ति दिएको पाइन्छ।

शाहले सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रियएकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमापार्ने र राष्ट्रहितमा केन्द्रित रहनु पर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौती थपिएकोले उनको मन पोलेको बताउनुले नेपालको परराष्ट्रनीति समेत दोबाटोमा अल्मलिएको र यसले राष्ट्रिय पहिचान नै गुम्दै गएकोमा चिन्ताव्यक्त गरिएको देखिन्छ। अहिले सडक र सोसल मिडियामा राष्ट्रियताको पक्षमाउठेका आवाजपनि राजाज्ञानेन्द्रको आवाजसंग मिल्दो जुल्दो छ।

हुन त राष्ट्रियताको ठेकेदार राजसंस्था मात्र हुन सक्दैन। विश्वमा धेरै देशहरु यस्ता छन् जहाँका राजा देश छोडेर भागेपनि राष्ट्रियता बचाउन नागरिकहरु लागेका छन् । त्यसैले राष्ट्रियताको पहिचान भनेको राजामात्र होइनन। सिंगो देशका नागरिकले अपनाउने संस्कृतिहरुको समष्टिगतरुप नै त्यहाँको राष्ट्रियताको पहिचान हो। तर नेपालको सन्दर्भ अलि फरक छ।

तपोभूमिको देश, मन्दिरै मन्दिरको देश भनेर चिनिएको नेपालमा राजसंस्था र नागरिकबीचको धार्मिक, सांस्कृतिक सम्बन्धहरु प्रगाढ थियो जसलाई मास्नेहरु आफै अलोकप्रिय हुँदै गएकाले कतै राजसंस्थाले नै नेपालको पुरानो संस्कृतिको पूर्नजागरण गरिदेला कि भन्ने आशा राजावादी नागरिकमा हुनु स्वभाविक नै हो। राजाको दशैंको अवसर पारेर आएको राजनीतिक शुभकामनाउनै राजावादी नागरिकहरुको त्यहीइच्छा पूरा गर्न आएको जस्तो अनुमान गरिएको छ।

राजा ज्ञानेन्द्रले १४ बर्ष पछाडि हिम्मत गरेर शुभकामना सन्देशमा‘हरेक नेपालीलाई आफ्नो स्वतन्त्रविचार र आस्थाको अधिकार छ, हुन्छ र रहन्छ’भनेका छन्। उनले राजसंस्था बैचारिक आस्थाका आधारमा विभेद गर्दैन त्यो हाम्रो मान्यता पनि होइन, न त परम्परा नै हो भनेर राजसंस्थाले विगतदेखि विभिन्न राजनीतिक शक्तिलाई संरक्षण दिंदै आएको भनेर लाग्ने गरेको आरोपलाई हो भनेर स्वीकार गरेजस्तो भएको छ।

माओवादीलाई वा अन्य कम्युनिष्टहरुलाई राजदरवार बाट संरक्षण थियो भन्ने कुराको पुष्टि यो शुभकामना सन्देशले गरेको छ। होलेरी काण्डमा सेना परिचालन हुन नदिएर माओवादीलाई राजसंस्थाले बचाएको थियो। त्यो किन गरिएको थियो भन्ने राजा ज्ञानेन्द्रको अभिव्यक्तिले घुमाउरो पाराले स्वीकार गरेको छ।

सबैभन्दा महत्वपूर्ण कुरा ‘प्रजातानित्रक, प्रगतिशील या अन्यजुनसुकै विचारप्रति आस्थावा नभएपनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वास हामीले लिएकाछौं’ भन्नुले सबैखाले विचारधारालाई आफूले नेतृत्व गर्न सक्ने सन्देश पनि दिएको पाइन्छ। इमान्दार मेडिया बाट साभार