मन्त्रीहरुलाई माधव नेपालको ठाडो निर्देशन मलाई नसोधी पिसाब पनि नगर्नु ?

जागृति खबर संवाददाता

काठमाडौं, २६ असोज ।

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आफुलाई नसोधी कुनै निर्णय नगर्न निर्देशन दिएका छन् ।

पीए देखी सल्लाहकार सम्म नियुक्ती गर्दा पनि एकलोटी निर्णय नगर्न अध्यक्ष नेपालले निर्देशन दिएका छन् । मन्त्रीपरिषदबाट गराउँने कुनै पनि महत्वपुर्ण निर्णयहरु गराउँदा पहिला पार्टीमा छलफल गरेर सामुहिक निर्णय गर्न पनि उनले भनेका छन् ।

अध्यक्ष नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर नेता नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताए । नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराए ।

नेपालले कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न सुझाव दिए ।अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुनु नहुनेमा जोड दिदएका छन् ।

नेपालले भने,‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका(बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् ।

सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस् । त्यस्ता व्यवहारहरू तपाईंहरूबाट नहोस् । यस कुरामा म जोड दिन चाहान्छु ।’

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडी नै सामूहिकरूपमा बसेर, छलफल गरेर साझा राय बनाएरमात्रै प्रस्तुत हुनुपर्ने बताए ।