चितवन बाट आयो प्रचण्डको दशैँ नै खल्लो बन्ने खबर

जागृति खबर संवाददाता

काठमाडौँ, २६ असोज ।

देशैको मुखैमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई दशैँनै खल्लो बनाउँने खालको खबर चितवनबाट आएको छ ।

आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर अघिल्लो पटक छोरीलाई मेयर जिताए जसरी आफु जित्ने योजनामा रहेका प्रचण्डलाई धक्का लाग्ने खबर चितवन बाट आएको छ । प्रचण्डलाई टिकट दिएर गठबन्धन गरे काग्रेसका स्थानिय तहका नेताले प्रतिवाद गर्ने तयारी गरेका छन् ।

प्रचण्डकी छारीलाई जिताउँने बेला देखीनै आजित भएका चितवन काग्रेस कार्यकर्ताले प्रचण्डको नाम सुन्दा पनि एलर्जी हुने अवस्थामा पुगेका छन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आगामी निर्वाचनमा चितवनमा गठबन्धन बने प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

केही दिन पहिले भरतपुर विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन चुनाव गठबन्धनकै आधारमा हुने बताएका थिए । कांग्रेस भरतपुर महानगर कमिटीको दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कांग्रेसीले आगामी निर्वाचनमा रुखमै भोट हाल्ने घोषणा गरे ।

‘मानियो अघिल्लो पटक, अब मानिँदैन’, श्रेष्ठले भने, ‘माथिबाट भनेको भरमा हुन्छ रु चितवन कांग्रेसलाई सोध्नुपर्दैन रु कहिँ कतै हँसिया(हथौडा र हलोमा भोट हाल्न लगाए हामी हाल्ने छैनौं ।’ उनले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता रामचन्द्र पौडेललाई यो सन्देश केन्द्रमा पुर्‍याउन आग्रहसमेत गरेका छन् ।

केही दिन पहिले महानगर कमिटीको पदस्थापन कार्यक्रममा उनले प्रचण्ड र रेनुलाइ चितवनबाट लखेटेको दिन बल्ल चितवन कांग्रेसको साख फिर्ता हुने अभिव्यक्ति दिएका थिए ।

यसअघि भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र संघीय चुनावमा क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे कांग्रेसको समर्थनमा लडेका थिए ।