उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी रमिला सधैका लागि अस्ताईन

जागृति खबर संवाददाता

काठमाडौँ, २६ असोज ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अष्ट्रेलियाको सिड्नी आएकी रमिला मर्हजनको मृ’त्यु भएको छ । उनी दुई वर्षअघि अध्ययनका लागि अष्ट्रेलिया आएकी हुन् ।

ब्रेन ट्युमरको समस्या देखिएर त्यसको उपचारका क्रममा उनको मृ’त्यु भएको बताइएको छ। श्रीमान सञ्जय महर्जन पनि उनीसँगै थिए। रमिलाको दा’हसंस्कार अष्ट्रेलियामै गरिएको छ।

२ वर्षअघि मात्रै उनको विवाह भएको थियो। रमिला ललितपुरको महालक्ष्मी नगरपालिका साना गाउँस्थित अनन्त इङ्लिस स्कुलबाट एसएलसी गरी बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन्।

बसको ठक्करबाट दुईको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै बसको ठक्करबाट दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।

काठमाडौँदेखि बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नंको बसले आज दिउँसो पौने दुई बजेतिर ठक्कर दिँदा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको प्रमुख मल्लले जानकारी दिनुभयो ।

बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्र्तगत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेपछि लामो र छोटो दूरीका सवारी साधनहरु रोकिएका छन् । पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको जनाइएको छ ।