साताको पहिलो दिन आज कति छ सुनको मुल्य ?

जागृति खबर संवाददाता

काठमाडौँ, २५ असोज ।

सातको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ९० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

शुक्रबार सुन ९० हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १०० ले नै बढेको छ ।

आज तेजावी सुन ९० हजार २ सय ५० रुपैयाँमा कारोबार हुँदैछ । शुक्रबार तेजाबी सुन ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेको छ । चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार १ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।