मलेशियामा कोभिड बाट मृत्यु भएका धनकुटाको लिम्बुको मलेशियामै दाहसंस्कार ?

जागृति खबर संवाददाता

मलेसिया , १० असोज ।

मलेसियामा कोरोना भाईरस संक्रमणको कारण गत सेप्टेम्बर- १५ तारिक सुरक्षागार्ड कम्पनीमा कार्यरत एक नेपालि कामदारको मृत्यु भएको थियो।

करिब ५ बर्ष अघि रोजगारीका लागि मलेशिया आईपुगेका मान बहादुर लिम्बु धनकुटा नगरपालिका वडा नम्बर-७ निवासी हुन। उनको कोभिड-१९ संक्रममीत भइ उपचारकै क्रममा जोहोरको सुल्ताना अमिन अस्पतालमा मृत्यु भएको थियो।

लिम्बू मलेशियाको जोहोर बाहरु क्षेत्रको जालन ताम्पोई स्थित के फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन. बिचडीमा कार्यरत थिए, भने १ बर्ष अघि बिदामा घर गई पुनः मलेशिया सोही कम्पनीमा फर्केका थिए।

प्राप्त जनाकारी अनुसार लिम्बुको दाहसंस्कार सनिवार मलेशियामै गरिएको छ, भने समचार श्रोतका अनुसार २ हप्ता भित्र उनको अस्तु नेपाल परिवार लाई पठाईने बताए।

मलेसियामा कोभिड संक्रमण कारण दुई नेपालिले ज्यान गुमाए !

मलेशिया कोभिड-१९ संक्रमणको कारण यो हप्ता दुई नेपालिले ज्यान गुमाएका छ। भानु-३ खहरे तनहुँका बिष्णु गुरुङको उपचारकै क्रममा जोहोर बाहरुको अमिना अस्पतालमा सनिवार मृत्यु भएको छ।

बिष्णु रोजगारीका लागि मलेशियाको जोहोरबाहरुमा ४ बर्ष अगाडि म्याक सेक्युरिटी कन्सल्टेन्ट एसडीएन.बिएचडी सुरक्षागार्ड कम्पनीमा मलेसिया आएका थिए।

त्यसैगरी गत बिहिवार पनि मलेशियाको पेनाङ क्षेत्रमा ८ बर्ष अघि जिछिङ हार्डवर एसडिएन.बिएचडी कम्पनीमा रोजगारीका लागि आएका एक नेपालिको कोरोना भाइरस सक्रमणको कारण निधन भएको छ।

दोर्दी गाउपालिका-५ लम्जुङ निबासी सुर्य बहादुर गुरुङको कोभिड-१९ संक्रमण पछि उपचारकै क्रममा बि.एम अस्पतालमा मृत्यु भएको दिल त्वार गुरुङले जानकारी दिए।