मलेसियामा को’रोनाबाट मृत्यु हुने नेपालीको संख्या बढ्दै : नेपाल सरकार मौन

जागृति खबर संवाददाता

काठमाडौं :

मलेसियामा कोरोना भाइरस (को’भिड–१९) सं’क्रमणका कारण नेपाली कामदारहरुको मृ’त्यु हुने क्रम बढेको छ ।

को’रोनाबाट पछिल्ले पटक बुधबार गोरखा नगरपालिका १० बिरेन्चोकका बहादुर आले मगरको मृ’त्यु भएको हो । कोरोना संक्रमण भई विगत १२ दिनदेखि उपचाररत ४४ वर्षीय मगरको बुधबार बिहान मृ’त्यु भएको बताइएको छ ।

यसै हप्ताको मंगलबार पनि मोरङको सुनवर्सी नगरपालिका वडा न.६ रतुवामाईका ३६ वर्षका सुरेश कुमार दासको पनि को’रोनाका कारण नि’धन भएको थियो ।

सोही दिन को’रोना सं’क्रमणबाटै सुरक्षागार्डको रोजगारी गर्ने विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतका ४२ वर्षीय तुलाराम पुलामी र पर्सागढी नगरपालिका वडा न ४ का २९ वर्षीय सिकेन्द्र कुमार चौरसियाको पनि मृ’त्यु भएको थियो ।

मृत’कहरुको श’वको प्रक्रिया पूरा गरी मलेसियामा नै अन्तिम संस्कार गरिने नेपालीहरुले बताएका छन् । पछिल्लो एक महिनामा मलेसियामा कोरो’ना संक्र’मणका कारण ३८ जना र अन्य विभिन्न कारणले २९ जना गरी ६७ जना नेपाली कामदारको मृ’त्यु भएको छ ।