एमसीसी पास गरे बालुवाटार र सिंहदरवार कब्जा गर्ने गर्छौः हेमराज थापा

जागृति खबर संवाददाता

काठमाडौं, ३० भदौं ।

बिद्यार्थी नेता तथा अभियन्ता हेमराज थापाले नेपाली जनताको भावना र ईच्छा विपरीत एमसीसी पास गर्ने खोज्नेहरु कुनै पनि दिन तिनीहरु बालुवाटार भित्रै मृत भेटिने बताएका छन् ।

राजधानीको गंगबु स्थित वि.जी मल अगाडी आयोजित बिरोध सभामा बोल्दै थापाले संसदमा टेवुल भएपछि भाडामा बस्ने सांसदहरुको लिस्ट तयार भएको दावी गर्दै सबै सांसदलाई शिवपुरी जंगलमा लगेर बन्धक बनाउने चेतावनी दिएका छन् ।

अमेरिकाले २१ औं शताब्दिमा विश्व कब्जा गर्ने अमेरिकाको योजना नेपालमा कुनै पनि हालतमा लागु हुन नदिने बताउँदै स्वाधिन नेपाली तर्फ आँखा लगाएमा देशप्रेमी युवाले बिद्रोह गर्ने बताए ।

देउवाको छोरालाई अमेरिका पढाउन र आरजु देउवाको एनजिओ आईएनजिओ चलाउनका लागि देशलाई अमेरिकाको उपनिबेश बनाउन खोजेको थापाको आरोप थियो ।

देउवाले त्यस्तो घात गरे युवाहरुले प्रतिकार गर्ने बताए । कसैले डलरको भरमा राजनितीक ठेकेदार बनेर देश बन्धी राख्न खोज्यो भने देशका योद्धाले बाँकी नराख्ने उनको धारणा थियो ।

गौगंबु,टोखा र सामाखुसि क्षेत्रका नेवार समुदायको उपस्थितीमा भएको बिरोध कार्यक्रममा एमसीसी र शेरबारदुर देउवा बिरुद्ध चर्को नारा लगेको थियो ।

उनिहरुले देश जोगाउन नसक्ने हो भने देश चलाउन युवाहरु तयार रहेको बताएका थिए । युवाहरुमाथि थिचो मिचो जारी राखे तालेवानले कावुल कब्जा गरे जस्तै युवाले बालुवाटार र सिंहदरवार कब्जा गर्ने घोषणा समेत गरेका थिए ।

उनले शरिरमा एक थोपा रगत र शास रहे सम्म लडाईए जारी रहने उद्धघोष गरे ।