विप्लवले स्टेजमा देखाएको महानताले ह्वात्तै बढ्यो पोलिटिकल हाइट

जागृति खबर संवाददाता

काठमाडौं, २९ भदौं ।

नेपाल कम्युनिस्ट पार्टीले सोमबार काठमाडौँमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बृहत जनसभाको आयोजना गर्यो । उक्त सभाले नेकपा महासचिव विप्लवको पोलिटिकल हाइट ह्वात्तै बढाएको छ ।

दिनभर ठिकै भएको मौसम महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्दा पानी पर्न थाल्यो । स्टेजमा भएका नेता र फ्लोरमा रहेका जनता कसैले छाता ओडे, कसैले ओत लाग्ने ठाउँ खोजे । तर विप्लवले पानीको प्रबहा नगरी धाराप्रबाह बोलीरहे ।

सम्बोधनका लागि माइकतिर बढ्दै गर्दा ड्यासमा आसिन पार्टीका नेताहरु छाता ओढेर बसेका थिए । विप्लव हाँस्दै सभालाई सम्बोधन गर्न माइक मिलाउछन् ।
माइकमा केही गडबडी भएको जस्तो देखिन्छ । तर, माइक नबिग्रेर समर्थक/दर्शकले केही अगाडि आएर सम्बोधन गर्न भनेबमोजिम नै उनी अघि बढ्न खोज्छन् ।

त्यसपछि तीन जना युवा आएर माइक मिलाउछन् । र, विप्लव सम्बोधन गर्न खोज्छन् । एक जना युवाले छाता ओढाइदिऊ भन्दा उनले छाता पर्दैन भन्छन् । ‘पर्दैन पर्दैन, नगर्नुहोस्’ विप्लवले भनेपछि युवा छाता लिएर फर्किन्छन् ।

‘पानी होइन हामी सबैभन्दा ठूलो आपत विपतसँग लडेर आएका मान्छे हौँ । हामीलाई त्यससँग (पानी) कुनै चासो छैन । आकाशमा कालो बाँदल मडारिरहेको बेलामा, देशमा साम्राज्यवादीहरुको नंग्रा गाढिरहेको बेलामा’ भन्दै भाषण दिन्छन् ।

यो घटनाले आफू जनताको नेता भएको प्रमाणित गरेका छन् । सांच्चै कम्युनिस्टहरु जुनसुकै आपतमा संघर्ष गर्न तयार हुन्छन् भन्ने प्रमाणित गरेका छन् । उनको महानताले जनतामा लोप्रियतामा ग्राफ झन बढेको छ ।

त्यस्तै, सभालाई सम्बोधन गर्नुअघि विप्लवले नेपालका लागि नेपाली अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको हातबाट पृथ्वीनारायण शाहको तस्बिर उपहारस्वरुप लिएका थिए ।

अधिवक्ता सुरेन्द्र भण्डारीले भनेका थिए, ‘तपाईंहरु सबैले ताली बजाइदिनुहोला। म कमरेड विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार दिनेछु ।’

राजा समर्थक रहेका अधिवक्ता सुरेन्द्र भण्डारीको हातबाट पृथ्वीनारायण शाहको फोटो विप्लवले हाँस्दै लिए । प्रकाण्डले ताली बजाए । पृथ्वीनारायणको तस्वीर उपहारस्वरुप लिएका विप्लवले पानीमा भिजेरै एमसीसीविरुद्ध भाषण गरेका थिए ।

यो घटनाले पनि राजावादीहरुलाई विप्लवतीर आक्राषित गरेको छ ।