राष्ट्रपति भण्डारी ठूलो तनावमा एमालेका कारण, प्रचण्डको प्लान लिक भएपछि ओली पनि झस्किए !

जागृति खबर संवाददाता

काठमाडौं, २९ भदौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सभामुख अग्नि प्रसाद सापकोटालाई हटाउने तयारीमा जुटेपछि माओवादी अर्कै तयारीमा जुटेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई जसरी पनि हटाउने नीति लिएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासलाई तारो बनाएका हुन् ।

आफ्नो पार्टी विभाजन गरेको साह्रा दोष एमालेले सभामुख सापकोटामाथि थोपरेको छ । त्यसैले उसले प्रतिनिधिसभामा अवरोध गर्दै आएको छ । सभामुख र एमालेबीच तिक्तता यतिसम्म अगाडि बढिसकेको छ कि यसकै कारण संसद् फेरि विघटन हुने हो कि भन्ने अनुमानसमेत गर्न थालिएको छ ।

कतिसम्म भने एमाले सभामुख हटाउने अभियानमा केन्द्रित भएको छ । त्यसको संकेत केही दिनअघि नै उसले दिइसकेको छ । एमालेका नेताहरूले सापकोटालाई महाअभियोग लगाएर हटाउने चेतावनीसमेत दिइसकेको छ ।

प्रतिनिधिसभामा एमाले अल्पमतमा छ । अल्पमतको एमालेले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने अवस्था पनि छैन । जबकि सभामुखविरुद्ध महाअभियोग दर्ता हुँदैन ।

यदि सभामुखविरुद्ध एमालेले कडा नीति अख्तियार गरेमा माओवादी केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीको कुर्सी नै धरापमा पार्ने भएको छ । माओवादी केन्द्र अहिले सत्तारुढ गठबन्धनमा छ ।

गठबन्धनसँग दुई तिहाइ नभए पनि बहुमत भने कायम छ । त्यसैले महाअभियोग दर्ता गर्नेवित्तिकै राष्ट्रपति पद निलम्बनमा हुने भन्दै माओवादीले एमालेलाई यो विषय सम्झाउन खोजेको नेताहरू बताउँछन् ।