पुनः खानेपानी मन्त्रि बन्दै विना, प्रचण्डले घुसाए मन्त्रीको लिस्टमा बुहारीको नाम !

जागृति खबर संवाददाता

काठमाडौं, २८ भदाै ।

लामो समयदेखि अट्किएको मन्त्रीपरिषदु विस्तारको काम भोली हुने भएको छ । आजै विभिन्न पार्टीहरुले मन्त्रीहरुको अन्तिम नाम प्रधानमन्त्री शेर बहादुर देउवालाई बुझाएपछि भोली मन्त्रीपरिषद विस्तार हुने भएको हो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटार पुगेर मन्त्री बन्नेहरूको नाम बुझाए आएका छन्।

आइतबार बिहान उनीहरूले प्रधानमन्त्री देउवालाई नाम बुझाएको बालुवाटार श्रोतको भनाई छ । आइतबार बिहानैदेखि गठबन्धनका शिर्ष नेताहरू मन्त्रिपरिषद् विस्तारको लागि परामर्शमा जुटेका थिए।

स्रोतका अनुसार प्रचण्ड र नेपालले मन्त्रीको नाम बालुवाटारमा बुझाईसकेका छन् । अब जनता समाजवादी पार्टीले मन्त्रीको लिष्ट बुझाउन बाँकी छ।

सर्वोच्च अदालतको परमादेशपछि गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा गठबन्धनकै नेताहरुबाट आलोचना भइरहेको छ । यस्तो अवस्थामा छिट्टै नै मन्त्रिपरिषद विस्तारलाई अगाडी बढाउने देउवा तम्सीएका छन्।

आइतबार तीन नेताहरुबीच भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको बताइएको छ । अहिले सरकारमा माओवादीका तर्फबाट दुई र कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहति तीन मन्त्री मात्र रहेका छन्।

एमालेमा रहँदा सरकारमा सहभागी हुने या नहुने विषयमा टुंगो लगाउन नसकेका माधवकुमार नेपाललाई पनि नयाँ दल दर्तापछि सरकरमा सहभागी हुने बाटो खुलेको छ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले ६ मन्त्रालय पाउने पक्का भएको छ।

देउवा नेतृत्वको सरकारमा नेपाल नेतृत्वको पार्टीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । मन्त्रीमा विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, मेटमणी चौधरीको नाम चर्चामा छ । तर नेपालले बुझाएको लिष्टमा ककसको नाम छ खुलाइएको छैन्।

माओवादीबाट बागलुङका देवेन्द्र पौडेल मन्त्री बन्ने लगगभ निश्चित जस्तै भएको बताइन्छ । त्यस बाहेक प्रदेश १ बाट सुदन किराती र र सुरेश राई ९(हिमाल) मध्ये एक जना मन्त्री बन्नेछन्।

त्यस्तै प्रचण्डले देउवालाई बुझाएको लिष्टमा बुहारी बिना मगरको नाम पनि समावेश गरिएको छ । स्रोतका अनुसार प्रचण्ड बुहारी मगरलाई मन्त्री बन्ने लिष्टमा पहिला नराखिए पनि अन्तिममा आएर घुसाइएको हो।

उनलाई फेरी पनि खानेपानी मन्त्रालयको जिम्मा दिने बुझिएको छ । कालापानी पोस्ट