एमसीसी पवित्र सम्झौता हो, कुकुरलाई घिउ नपचेजस्तै नेपालीलाई एमसीसी नपचेको होः महत

जागृति खबर संवाददाता

काठमाडौं, २८ भाद्र ।

एमसीसीको चौतर्फी रुपमा बिरोध भईरहेका बेला पूर्ब अर्थमन्त्री समेत बनेका नेता रामशरण महतले एमसीसी पवित्र सम्झौता भएको ठोकुवा गरेका छन । रामशरण महतले एमासीसीले सकारात्मक प्रभाव पारेका देशहरुको उदाहरण दिदै एमसीसी पवित्र सम्भौता भएको बताएका छन । उनले भने, म लामो समयदेखि अमेरिकाको निकट छु अमेरिकासँग कुुरा पनि भईरहेको छ ।

हाम्रो सरकार र प्रतिपक्षी पनि एमसीसीको पक्षमा रहेकाले हामी एमसीसी पास गरेरै छोडनेछौ , पूर्बअर्थमन्त्रीले भले । एमसीसील देशमा जलबिधुतका सम्भावना र ढोकाहरु खुल्ने सडक यातायातको निर्माण हुने र ठुलो संख्यामा रोजगारकिा अवसरहरु सिर्जना हुने भन्दै उनलै समयमै एमसीसी पास गर्नुपर्ने बताएका छन ।

एमसीसीका बिरोधका सम्बन्धमा पनि अर्थमन्त्री महतले अभिब्यक्ति दिएका छन । ब्यगंको शैलीमा महतले भनै एमसीसी पवित्र सम्झौता हो केही नेपालीहरुलाइृ कुकुकरदलाई घिउ नपचेजस्तै एमसीसी नपचेको हो ।

तर हामी बिद्धानबर्गलाई एमसीसी बारे र।ाम्रो ज्ञान भएकाले हामीहरु एमसीसीको पक्षमा देखिएका छौ । .महतले भने यस्ता सम्झौता हामीले गुमाएमा ईतिहासले हामीलार्इृ माफी दिने छैन । यति धेरै पैसा भाग्यमानीहरुले मात्र पाउछौ हामी गरिब भएकाले यति ठुलो रकम सहयोगका रुपमा पाएका हौ ।

नाम्लो खबरबाट