दिउसै रात पार्ने सभामुख सापकोटाको त्यो हर्कत

जागृति खबर संवाददाता

काठमाडौं, २७ भाद्र ।

संविधान र कानुनलाई च्यातच्यूत पारेर सदनभित्र जहाँनिया राणा शासन लागू गर्नुभएका सभामुख अग्नि सापकोटाले जनता आफ्नो अपराधबारे जानकार भएको संकेतसँगै कानूनको पाठ पढाउन थाल्नुभएको छ । काभ्रेका अर्जुन लामालाई घोचीघोची क्रुरतापुर्वक हत्या गरेको आरोपी सापकोटाले आफ्नो अपराध जनतामा ढाकाछोप गर्न केही दिन यतादेखि सांसद्लाई भने संवैधानिक सर्वोच्चता कायम गर्ने पाठ पढाउँन थाल्नुभएको हो ।

संसदको सवैभन्दा ठूलो दल र प्रमुख प्रतिपक्षकै अवरोधबीच संसद चलाएर ‘दुनियाँमा सवैभन्दा हरामखोर सभामुख’मा दर्ज हुनुभएका सापकोटाले कानूनको पाठ पढाउनु भएको हो । सभामुख सापकोटाले आफ्ना सुप्रिम कमाण्डर पुष्पकमल दाहाल, प्रचण्डको आदेशमा संबिधानअनुसार दलले कार्वाही गरेपछि सांसद पदमुक्त हुने भएपनि एमालेले कार्वाही गरेको १४ सांसदलाई कार्वाहीको सूचना टाँस नगरी संबिधान कानून होइन, १७ हजा मान्छे मार्ने तथाकथित जनयुद्धको कामण्डर प्रचण्डको आदेश माथि भन्दै पदकै धज्जी उडाइरहनु भएको छ ।

उहाँले संविधान र कानुन विपरित एमालेले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको सूचना टाँस गर्नुको सट्टा एमालेले सूचना पठाएको १३ दिन कारबाही नै गर्नु नपर्ने राणकालिन आदेश जारी गर्नुभएको छ । जुन अधिकार सभामुखलाई संविधान र प्रतिनिधि सभा सञ्चालन सम्बन्धि कुनै कानुनले दिएको छैन । तर हत्याको आरोप लागेका ब्यक्ति भएकै कारण संबिधानकै हत्या गरेर सापकोटा नग्न रुपमा प्रस्तुत हुनुभएको छ । एमाले फुटाउन गठबन्धन सरकारसँग मिलेर सापकोटाले सो काम गर्नुभएको थियो । उहाँले एमालेले कारबाही गरेका ती सांसदलाई कारबाही गरेको सूचना टाँस नगरिदिएकै कारण एमाले बिभाजन भएको छ भने सदनसमेत चल्न सकेको छैन । एमाले सांसद्ले सभामुखले संविधान र कानुन विपरित काम गरेको भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

आफू संविधान अनुसार नचल्ने, संसदको सर्वोच्चता नस्वीकार्ने सभामुख सापकोटा सांसद्लाई भने संविधान र कानुनको पालना गर्न र संसदको सर्वोच्चतालाई स्वीकार्न रुलिङ गरिरहनुभएको छ । जुन रुलिङले सभामुख सापकोटा आफै झनझन नांगेझार बन्दै गइरहनु भएको छ । यतिसम्म कि सभामुख सापकोटा सफेद झुट बोल्दै दिउँसै रात पार्ने काम गरिरहनुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा सापकोटाले आफूले सबै काम संविधानको सर्वोच्चता र कानुनको पालनाको लागि गरेको बताउनुभयो ।

एमालेका १४ जना सांसदको कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकोले त्यस विषयमा बोल्न र छलफल गर्न नमिल्ने पाठ सापकोटाले पढाउनु भएको हो । जबकि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला उहाँ त्यसको विरुद्ध दैनिक जसो मन्तव्य दिने र परामर्श लिने नाममा राजनीति गर्नुभएको थियो ।