मलेसियामा मृत्यु भएका बैतडीसहित ६ जनाको शव र ११ जनाको अस्तु नेपाल आइपुग्यो

जागृति खबर संवाददाता

काठमाडौं:

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर ज्यान गुमाएका ६ जनाको शवसँगै ११ जनाको अस्तु नेपाल आइपुगेको छ।विभिन्न समयमा मलेसियामा मृत्यु भएकाहरुको शवसँगै अस्तु वैदेशिक रोजगार विभागको समन्वयमा शनिबार बिहान नेपाल आइपुगेको हो।

नेपाल एयरलाइन्सको आर ए ४१६ फ्लाइटमा मृतकको शरीर तथा अस्तु नेपाल ल्याएको विभागले जनाएको छ। नेपाल ल्याइएका अस्तुहरुमध्ये १० जनाको कोभिडका कारण निधन भएर मलेसियामै अन्त्येष्टी गरिएको थियो।

मृत्यु भएर नेपाल ल्याइएका ६ वटा शव इटहरी, सप्तरी, बैतडी, भोजपुर, मोरङ र रोल्पा जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरुको छ।

त्यस्तै, मलेसियामै अन्त्येष्टी गरिएका मोरङका दुई जना,महोत्तरी, दैलेख, पाल्पा, सर्लाही, ताप्लेजुङ, काठमाडौं, रामेछाप र कास्कीका एक/एक जना रहेको बोर्डको सचिवालयले जनाएको छ।