मलेसियाको पुडुको होटलमा छापा: १३ वटा कण्डम सहित ५ जना यौनकर्मी पक्राउ

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

मलेसियाको राजधानी क्वालालम्पुरको पुडु क्षेत्रमा अवस्थित एक होटलमा छापामारी गरि ५ जना विदेशी यौनकर्मी महिलाहरु र केहि ग्राहकहरुलाई पक्राउ गरेका छ्न।

एक विशेष सुचनाको आधारमा पुडुमा अवस्थित सो होटलमा बिहान करिबकरिब ०५:०० बजेतिर छापामारी गरि २५ देखि ४० बर्षिया उमेर समुहका वेश्याबृती पेशामा संलग्न यौनकर्मी महिलाहरुलाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यममा समाचार प्रकाशित छ्न।

पक्राउ परेका ग्राहकहरुमध्य तीन जना स्थानीय मलेसियन नागरिक समेत रहेको र ती सबैजनालाई हिरासतमै राखिएको प्रहरीले जनाइएको छ। छापामारीको क्रममा कोठाबाट १३ वटा कोण्डोम र लुब्रीकेन्ट जेल , तौलिया र १ हजार ७० रिंगेट नगद समेत बरामद गरिएको जनाइएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाही अगाडि बढाउन हिरासतमै राखिएको र कानुन अनुसार कडा कारवाही गरिने प्रहरीले जनाएको छ। साथै मलेसियामा कुनैपनि किसिमको अवैध यौनकार्य गर्ने र गराउने स्वदेशी , विदेशी जो कोहिलाई पनि माफी नदिइने साथै पक्राउ गरेर जेल चलान गरिने , सजाय दिईने र विदेशीहरुलाई डिपोट समेत गरिने चेतावनी दिइएको छ।