नेपाल आउन ठिक्क परेका एक नेपाली मलेसियामा अस्ताए

जागृति खबर संवाददाता

क्वालालम्पुर ।

दिनेश खड्का खप्तडि, मलेसियामा को’रोना सक्र’मणवाट शुक्रवार विहान एक नेपालीको मृ’त्यु भएको छ । इस्साईट एलाइन्स सेक्यु’रिटि सर्विस क्वालालाम्पुरमा भिषा भई जोहोरवारुको वुकित’इण्डमा कार्यरत त्रिवेणि नगरपालिका वडा न ५ वाजुराका टेक वहादुर धामिको मृ’त्यु भएको हो ।

विएम ओभरसिजवाट रोजगारीको लागि पाचँ वर्ष अगाडि मलेसियामा आएका धामिमा करीव दुई हप्ता देखि कोरो’ना सक्र’मण देखिएको थियो । वा’ह्रदिन देखि क्वारे’न्टाईनमा वसिरहेको अवस्थामा होस्टलमै धामिको मृ’त्यु भएको हो कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार धामिलाई दुई दिन अगाडि देखि स्वास्थमा थप समस्या देखिएको थियो ।

उनलाई राती तीन वजेसम्म कुरेर वसेका एक साथीको भनाई जस्ताको त्यस्तै ‘साझँ पनि हल्का खाना खाएको हो हामिले तातोपानीहरु वेलावेलामा खान दिईरहेका थियौ ।

मैले राती तीन बजे सम्म कुरेर वसे त्यसपछि म सुते साथीहरुले कुर्नभयो । विहानी पख स्वा-स्वा गर्न थाले । सवैसाथीहरु जुट्यौ लौ न के भो लौन के भयो हामि निकै आत्तीयौ। मैले एम्वुले’न्सलाई फोन गरे ।

एम्वु’लेन्स आधा घण्टा भित्रैमा आयो तर के गर्नु उनले प्रा’ण छाडिहाले । यदि समयमै अस्पताल पुर’याउन पाएको भए वा’च्थे होलान’ ! श’वलाई स्वास्थकर्मि सहितको टोलीले जोहारको अस्पतालमा लगेको छ । धामि अक्टो’वर महिनामा नेपाल जाने तयारी गर्दै थिए । –रास्ट्र डेली बाट साभार