कोभिडका कारण काम गुमाएका ५ लाख गरिब परिवारलाई १० हजार दिने घोषणा

जागृति खबर संवाददाता

काठमाडौं, २५ भदौं ।

अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ बाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् । उनले कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र यस्तो रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाएको उल्लेख गरे ।

नेपालमा आज पनि कोरोना संक्रमणभन्दा निको हुनेको संख्या बढी, २१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट८ हजार ५४९ र एन्टिजेन विधिबाट २ हजार ३६७ जनामा परिक्षण गर्दा १ हजार १४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ७५ हजार ५४८ र एन्टिजेनबाट ८६ हजार ४०४ जना पुगेको छ ।

यस्तै, आज थप १६६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ । निको हुनेको दर ९५ प्रतिशत छ ।

आज संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ९२४ पुगेको छ ।